Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

यातायात कार्यालय बारामा भ्रष्टाचार, छानविन गरि कारवाही गर्न अखिल (क्रान्तिकारी)काे माग

spot_img
spot_img

वीरगंज । अखिल (क्रन्तिकारी) जिल्ला समिति बाराले यातायात कार्यालय बारामा भ्रष्टाचार भएकाे भन्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र बुझाएकाे छ । अनेरास्ववियु( क्रान्तिकारी) बाराका अध्यक्ष संदिप यादवको नेतृत्वकाे विद्यार्थी नेताकाे एक समुहले  चार बुंदे माग बाराका सहायक सिडिओलाई ज्ञापन पत्र बुझाएकाे हाे ।

अनेरास्ववियूले ज्ञापन पत्र मार्फत यातायात कार्यालय बारा भइरहेकाे अवैध शुल्क असुलीको अन्त्य हुनु पर्ने माग गरेकाे छ । सर्व-साधारणलाई सेवा सुविधा प्रदान गर्ने क्रममा अनाधिकृत शुल्क लिने कार्य रोक्न कडा निगरानी गर्न, कार्यालयका कर्मचारी र बाहिरी दलालहरूको सांठगांठवाट भइरहेको अनियमितता तुरुन्त रोक्न प्रभावकारी उपायहरू अवलम्बन गर्नु पर्ने अखिलकाे माग छ ।

साथै सेवाग्राहीहरूलाई आवश्यक सेवा समयमै प्रदान गर्न प्रभावकारी प्रणाली लागू गरि पारदर्शी सेवा प्रवाहको सुनिश्चितता  गर्न, भ्रष्टाचारमा संलग्न कर्मचारीहरूको पहिचान गरी उनीहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउनु पर्ने र कार्यालयलाई दलालमुक्त बनाई सेवाग्राहीहरू स्वयं सेवाहरू लिन सक्ने वातावरण सिर्जना गर्न अखिलले ज्ञापन पत्र मार्फत माग गरेकाे हाे ।

यातायात कार्यालयमा सेवा लिने सर्वसाधारण नागरिकहरू अनावश्यक झन्झट, अवैधानिक शुल्क असुली, ढिलासुस्ती र दलालहरूको प्रभावका कारण सेवा ग्रामी मर्कामा परेकाे गुनासाे छ । 

यातायात कार्यालयमा भइरहेकाे भ्रष्टाचारकाे तत्काल छानविन गरी उचित कारवाही गर्न अनेरास्ववियूले ज्ञापन पत्र मार्फत अनुराेध गरेकाे छ । मागहरूमा छिटो निर्णय गरी भ्रष्टाचार गर्नेलाई कारवाही गरियोस । हामीलाई आन्दोलनको थप कार्यक्रम गर्न वाध्य नपारिओस अनेरास्ववियूले वुझाएकाे ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ ।

साे ज्ञापन पत्र श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, अख्तियर दुरुपयोग अनुसन्धान आयाेगकाे कार्यालय काठमाडौ, जिल्ला प्रहरी कार्यालय बारा, जिल्ला यातायात कार्यालय बारा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बारालाई पनि बाेद्धार्थ गरिएकाे छ ।

ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय बारामा कलैया उपमहानगरपालिका (माओवादी केन्द्र)का अध्यक्ष मुकेश साह, माओवादी केन्द्रका नेता संदिप गुप्ता, रियाजुल इस्लाम, जितेन्द्र गुप्ता, अखिल (क्रन्तिकारी) जिल्ला उपाध्यक्ष दीपेन यादव, अमित यादव, अखिल पटेल, कलैया नगर अध्यक्ष सोनु पटेल, रंजित साह, देव मण्डल लगायतकाे समुह पुगेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...