Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

श्री कलिका एकेडेमीकाे बार्षिकाेत्सवमा वादविवाद प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा रहेकाे श्री कलिका एकेडेमी इंग्लिश बोर्डिंग स्कूलकाे १३ औं बार्षिकाेत्सवकाे अवसरमा मंगलबार वादविवाद प्रतियाेगिता सम्पन्न भएकाे छ ।

“धन भन्दा शिक्षा राम्राे” विषयक भएकाे वादविवाद प्रतियाेगितामा सुरज राम प्रथम, खुश्बु चाैरसिया द्वितिय र रेयाज आलम तृतिय भएका हुन् । प्रतियाेगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई प्रमाण पत्र सहित पुरस्कृत समेत गरिएकाे स्कुलका प्रिन्सपल लक्ष्मण ठाकुरले जानकारी दिए ।

स्कुलका संचालक राजकुमार चाैरसियाकाे अध्यक्षता र कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु चाैरसियाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा श्री जनता मावि मुडली प्लस २ का कार्यक्रम संयाेजक शिक्षक जयप्रकाश चाैरसिया, वडा सदस्य संजय ठाकुर, श्री सुकई साह माविका प्रधानाध्यापक सुबाेध चाैरसिया, शिक्षक साेनालाल साह, हरिनारायण चाैरसिया, कालिकामाई गाउँपालिकाका प्रतिनिधि पप्पु गिरी लगायतकाे उपस्थिती रहेकाे थियाे । 

प्रतियाेगिताकाे निर्णायक मण्डलमा श्री सुकई साह माविका शिक्षक नरेन्द्र चाैधरी र अकलेश साह गाेढ रहेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...