Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

उपकार सेवाद्वारा दुई जनालाई ह्वीलचेयर सहयाेग

spot_img
spot_img

वीरगंज । उपकार सेवा नेपालले वीरगंज महानगरपालिकाकाे वडा नम्बर १, छपकैयाका दुई व्यक्तिलाई ह्वीलचेयर सहयाेग गरेकाे छ । संस्थाले मंगलबार एक कार्यक्रमका बिच स्थानिय रन्जन दास र श्यामनाथ तुरहालाई ह्वीलचेयर प्रदान गरेको हाे ।

सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार, केही दिनअघि आयोजित निःशुल्क आँखा शिविरको क्रममा ती व्यक्तिरूसँग भेटघाट भएको थियो । उक्त शिविरका क्रममा उनीहरूको असहज परिस्थितिबारे जानकारी पाएपछि समाजसेवाको क्षेत्रमा क्रियाशील उपकार सेवा नेपालले सहयाेग गरेकाे हाे ।

अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई संस्थाले सहयोग गर्दै आएकाे समाजिक अभियान्ता थारुले वताए । ह्विलचेयर पाएपछि रन्जन दास र श्यामनाथ तुरहाको दैनिक जीवनयापन्नमा सहजता ल्याउने विश्वास गरिएको छ ।

दुबै जनाको शारीरिक अवस्था पुर्ण रुप अपाङ्ता भएकाले स्वस्थ्यलाई ख्याल गर्दै  उनीहरुको घरमै पुगी ह्विलचेयर सहयाेग गरिएकाे संस्थाले जनाएकाे छ । ह्विलचेयर हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ लगायत स्थानीय भद्रभलाद्मीहरुको समेत उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...