Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

उपकार सेवाद्वारा दुई जनालाई ह्वीलचेयर सहयाेग

spot_img
spot_img

वीरगंज । उपकार सेवा नेपालले वीरगंज महानगरपालिकाकाे वडा नम्बर १, छपकैयाका दुई व्यक्तिलाई ह्वीलचेयर सहयाेग गरेकाे छ । संस्थाले मंगलबार एक कार्यक्रमका बिच स्थानिय रन्जन दास र श्यामनाथ तुरहालाई ह्वीलचेयर प्रदान गरेको हाे ।

सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार, केही दिनअघि आयोजित निःशुल्क आँखा शिविरको क्रममा ती व्यक्तिरूसँग भेटघाट भएको थियो । उक्त शिविरका क्रममा उनीहरूको असहज परिस्थितिबारे जानकारी पाएपछि समाजसेवाको क्षेत्रमा क्रियाशील उपकार सेवा नेपालले सहयाेग गरेकाे हाे ।

अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई संस्थाले सहयोग गर्दै आएकाे समाजिक अभियान्ता थारुले वताए । ह्विलचेयर पाएपछि रन्जन दास र श्यामनाथ तुरहाको दैनिक जीवनयापन्नमा सहजता ल्याउने विश्वास गरिएको छ ।

दुबै जनाको शारीरिक अवस्था पुर्ण रुप अपाङ्ता भएकाले स्वस्थ्यलाई ख्याल गर्दै  उनीहरुको घरमै पुगी ह्विलचेयर सहयाेग गरिएकाे संस्थाले जनाएकाे छ । ह्विलचेयर हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ लगायत स्थानीय भद्रभलाद्मीहरुको समेत उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...