Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

बिल बिजक भन्दा बढि समान लाेड रहेकाे ट्रक प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले २९ लाख ४८ हजार बराबरको समान सहित एउटा ट्रक नियन्त्रणमा लिएकाे छ । ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट प्र.ना.नि.मोह नारायण रायको कमाण्डमा खटीएको प्रहरी टोलीले लु १ ख ७९६९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएकाे हाे ।

प्रहरी टोलीले साेमबार राति ९:३० बजेको समयमा बाराकाे जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ जीतपुर चोक स्थितबाट बिल बिजक भन्दा बढि समान रहेको ट्रक नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकाेटाले जानकारी दिए ।

वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि समान रहेको र समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य २९ लाख ४८ हजार ९ सय ५३ रूपैया बराबरको ट्रकमा लोड रहेको हाडवेयर सामान फेला परेकाे उनले वताए ।

अल्मुनियम सिट, एसएस हेण्डल, एसएस टवेयर वेल्ट, इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन, सब विलेट, बालनट इन्सेल लगायतका समानहरू लाेड रहेकाे ट्रक नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...