Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बिल बिजक भन्दा बढि समान लाेड रहेकाे ट्रक प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले २९ लाख ४८ हजार बराबरको समान सहित एउटा ट्रक नियन्त्रणमा लिएकाे छ । ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट प्र.ना.नि.मोह नारायण रायको कमाण्डमा खटीएको प्रहरी टोलीले लु १ ख ७९६९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएकाे हाे ।

प्रहरी टोलीले साेमबार राति ९:३० बजेको समयमा बाराकाे जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ जीतपुर चोक स्थितबाट बिल बिजक भन्दा बढि समान रहेको ट्रक नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकाेटाले जानकारी दिए ।

वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि समान रहेको र समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य २९ लाख ४८ हजार ९ सय ५३ रूपैया बराबरको ट्रकमा लोड रहेको हाडवेयर सामान फेला परेकाे उनले वताए ।

अल्मुनियम सिट, एसएस हेण्डल, एसएस टवेयर वेल्ट, इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन, सब विलेट, बालनट इन्सेल लगायतका समानहरू लाेड रहेकाे ट्रक नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...