Date
शनि, असार २७, २०८३
Sat, July 11, 2026

पटेर्वासुगौलीमा माघी तथा भाथा महोत्सव शुरु

spot_img
spot_img

सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा थारु संम्बत २६४९ को नयाँ बर्षको अवसरमा चौथो माघी तथा भाथा महोत्सव शुरु भएकाे छ । गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्वमा भएकाे कार्यक्रममा साबिक गाबिस पटेर्वासुगौलीका अध्यक्ष परमेश्वर गौरोले महोत्सवकाे उद्घाटन गरेका हुन् ।

पटेर्वा सुगाैली गाउँपालिकाकाे वडा नं ४ मा रहेको नेरामाबि दापु सुगौलीको खेलमैदान शुरु भएको महोत्सव तीन दिनसम्म चल्ने छ ।मानवबस्तीभन्दा १७ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र रहेका भाथा पहाडमा अवस्थित दुधेश्वर महादेव मन्दिरमा पर्यटन भित्रियाउने उदेश्यले यस पाली महोत्सवमा भाथा जोडिएका गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

बर्षौदेखि लाखौ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन । तर यी पर्यटकहरु हिन्दु धर्मको चाड पर्व तथा मेला लागेको समयमा मात्र आउने गरेका हुँदा व्यवसायिक रुपमा पनि पर्यटन भित्रियाउन प्रचुर सम्भावना रहेका हुँदा माघीसँगै यो महोत्सव मनाउन शुरु गरिएका अध्यक्ष चौधरीले बताए ।

यस महोत्सवका लागि पर्सा राष्ट्रिय निकुञ्जसंग सहकार्य गर्दै माघी महोत्सवदेखि भाथासम्म पर्यटक भित्रियाउन प्रयास गरिएको मूल माघी समारोह समितिका अध्यक्ष मुकेश गौरोले बताए । महोत्सवको पहिलो दिन मंगलबार १४ जना आन्तरिक पर्यटकहरु जीप सफारी गर्दै भाथा पुगेको अध्यक्ष गौरोले बताए ।

यस महोत्सवमा पालिका भित्र रहेका बिभिन्न सामुदायिक बिद्यालयहरुका बिद्यार्थीहरुले थारु गीतमा नृत्य प्रस्तुत गरेका थिए । यसका साथै बिद्यार्थीहरुले बालबिवाह, दाईजो प्रथा न्यूणीकरण सम्बन्धि र थारु समुदायको परम्परागत पर्व जितीया पर्व सम्बन्धि नाटक समेत प्रदर्शन गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय थारु गायिका समिक्षा चौधरी र स्थानीय चायक तथा कलाकार नेपाली निरहुवाले दर्शकहरूलाई जाडोमा नचाएका थिए । महोत्सवमा भोली राष्ट्रिय थारु कलाकार रितु चौधरी र नेपाली निरहुवाको प्रस्तुति हुने जनाइएकाे छ ।

महोत्सवमा नव जागृत युवा क्लबले पालिकाको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । सो कार्यक्रममा एक महिला सहित ७५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र बीरगंजले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा सडक विस्तार अभियान तीव्र, एक सातामै करिब ३ सय घर भत्काइयो

वीरगंज । वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तार अभियान तीव्र गतिमा अघि बढिरहेको छ । अभियान सुरु भएको एक सातामै करिब ३ सय घर तथा...

निजी घर निर्माणका लागि रेल्वे राेडमा दुई महिनादेखि बाटो बन्द, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ अन्तर्गत रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ जाने सार्वजनिक बाटो करिब दुई महिनादेखि बन्द हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य...

शिक्षाबाट कुनै पनि विद्यार्थी वञ्चित हुनुहुँदैन : कार्यवाहक नगर प्रमुख आलम

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख ईम्तियाज आलम ले निजी विद्यालय र अभिभावकबीच उत्पन्न हुने जुनसुकै समस्याको समाधानका लागि महानगरपालिका सदैव तयार रहेको बताएका...