Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026

जाडाेकाे राहत वितरणमा सिडिओ अर्यालकाे सक्रियता, मंगलबार पनि १२३ जनालाई कम्बल वितरण

spot_img
spot_img

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जाडाेबाट प्रभावितलाई न्यानाे कपडा विरतण कार्यलाई निरन्तरता दिएका छन् । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सिडिओ अर्यालले मंगलबार विदाकाे दिन पनि जिल्लाकाे दुई ठाउँमा न्यानाे कपडा वितरण गरेका छन् ।

सिडिओ अर्यालले आफै पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. ४ खेस्राहा टाेलकाे मुसहर बस्ती र धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ जगरनाथपुर टाेलमा पुगेर जाडाे तथा शितलहरबाट प्रभावित १२३ जनालाई कम्बल वितरण गरेका हुन् । सिडिओ अर्यालकाे सक्रियतामा जिल्ला विपद व्यवस्थापन समितिकाे तर्फबाट खेस्राहकाे मुसहर बस्तीका ७३ जना र जगरनाथपुर टाेलका ५० जना गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएकाे हाे ।

खेस्राहा र जगरनाथपुरमा भएकाे राहत विरतण कार्यक्रमममा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, सशस्त्र प्रहरी बेस क्याम्प लहावरथकरीका प्रहरी नायब उपरिक्षक ड्राेन ढकाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेल, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक स्वरुप शर्मा, रुङ्गटा वेलफेयर साेसाइटीका अध्यक्ष सुरेश रुङ्गटा, युवा नेता अकलेश साह लगायतकाे उपस्थिती रहेकाे थियाे । 

यस अघि पनि विभिन्न दातृ निकायकाे सहयाेगमा जिल्ला विपद व्यवस्थापन समितिकाे तर्फबाट जिल्लाकाे विभिन्न ठाउँमा जाडाे तथा शितलहरबाट प्रभावितलाई राहत वितरण गरिएकाे सिडिओ अर्यालले वताए ।

गत आइतबार पनि पर्सागढी नगरपालिका वडा नं. ५ हर्दियामा न्यानाे कपडा वितरण गरिएको थियाे । जिल्ला विपद व्यवस्थापन समितिकाे तर्फबाट जाडोबाट प्रभावित हर्दियाका ८० जना गरिब तथा विपन्न परिवारलाई कम्बल तथा म्याट वितरण गरिएको थियाे ।

त्यस अघि पनि बहुदरमाई नगरपालिकाकाे वडा नं २ सिसियाडीमा ३०० दलित घर घुरीका परिवारको सदस्यलाई प्रति व्यक्ति १ कम्वल, पोखरिया नगरपालिकाकाे वडा नं. ७ रानिगंजका लक्षित समूहहरुलाई १३५ थान कम्बल र पाेखरिया नगरपालिका कै वडा नं. ४ का बासिन्दाहरुलाई ६४ थान कम्बल वितरण गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
 
 
जिल्ला प्रशासन कार्यालयलले दिएकाे जानकारी अनुसार जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ५ मसिहानीटोलका लक्षित समूहलाई चप्पल/जुता ८७ जोर, कम्बल/ज्याकेट एक सय जनालाई र धोबिनि गाउँपालिकाकाे वडा नं. २ भिखमपुरका लक्षित समूहलाई चप्पल २५ जोर र कमल ५६ थान पनि वितरण गरिएकाे छ ।
 
त्यसैगरी बीरगंजस्थित मानव सेवा आश्रममा ३० थान बाक्लो कम्बल र १ थान वासिङ मेसिन र डिभिजन वन कार्यालय, पर्सासँगको समन्वयमा कारागार कार्यालय, पर्सा, बाल सुधार गृह तथा मानव सेवा आश्रममा दाउरा खरिद गरी हस्तानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेलले जानकारी दिए ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा कालो सिसा हटाउने अभियान तीव्र, कानुनविपरीत प्रयोग गरे कारबाही हुने

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी साधनमा अनधिकृत रूपमा जडान गरिएका कालो सिसा (ब्ल्याक फिल्म) तथा कालो स्टिकर हटाउने अभियानलाई तीव्र बनाएको...

६ महिनादेखि रोकिएको विपद् राहत वितरण प्रक्रिया अघि बढ्यो

वीरगंज । वीरगंज महानगरपालिकामा विगत करिब ६ महिनादेखि रोकिएको विपद् राहत वितरण प्रक्रिया पुनः अघि बढाइएको छ । आगलागी, बाढी तथा हावाहुरीबाट प्रभावित १५...

जगरनाथपुर गाउँपालिकामा दुई दिने इएमआईस प्रशिक्षण सम्पन्न

सेढवा । पर्साको जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा विद्यालयको शिक्षा व्यवस्थापन सूचना प्रणाली (EMIS) सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाकी उपाध्यक्ष बविता...