Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

नेकपा एस पर्साकाे सचिवालय बैठक सम्पन्न, पुस २७ र २८ गते जिल्ला अधिवेशन गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साकाे सचिवालय बैठक शनिबार सम्पन्न भएकाे छ । वीरगंजस्थित बसेकाे बैठकले पार्टीकाे जिल्ला अधिवेशन पुस २७ र २८ गते वीरगंजमा गर्ने निर्णय गरेकाे छ ।

बैठकले जिल्ला अधिवेशनकाे लागि प्रतिनिधि छनाैट गर्न मापदण्ड पनि तय गरेकाे छ । साथै यस अघि नै अधिवेशन तयारीकाे लागि गठित विभिन्न उप समितिले आफ्नाे काम गरि जिल्ला अध्यक्षलाई प्रतिवेदन पेश गर्न निर्णय गरेकाे छ ।

वीरगंजस्थित क्लासिक ब्यांकेटमा हुने अधिवेशनकाे लागि पुस १० गते सम्म प्रतिनिधि छनाैट गरि सक्नु पर्ने बैठकले निर्णय गरेकाे छ ।

पार्टीका जिल्ला अध्यक्षता बालगाेपाल थापाकाे अध्यक्षतामा भएकाे बैठकमा केन्द्रिय सदस्य रामचन्द्र साह, मनाेज चाैधरी, लेखा आयाेगका सदस्य किशाेरी कुशवाहा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...