Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जमुनी सिचाइ आयोजनाको बाकी काम पूरा गर्न सिचाइ मन्त्री खड्काकाे निर्देशन

spot_img
spot_img

कलैया । बारा र रौतहटको ९ हजार ५ सय हेक्टर जमिन सिंचाइ गर्ने लक्ष्य रहेको जुमनी सिंचाइ आयोजनाको विहिबार नेपाल सरकारका केन्द्रिय उर्जा तथा सिचाइ मन्त्री दिपक खडकाले स्थलगत निरिक्षण गरेका छ्न । निरीक्षणका क्रममा मन्त्री खड्काले मन्त्रालयका सचिव लाई अधुरो रहेको काम लाई तुरुन्त ठेक्का लगाइ काम लाई अघि बढाउन निर्देशन दिएका हुन् ।

नेपाली कांग्रेस बाराका जिल्ला सचिव राजेश रौनियारले जमुनी सिचाइ आयोजनाको बारे मन्त्री खड्कालाई ध्यानाकर्षण गराएका थिए । उनले संचारकर्मीसंग कुरा गर्दै २०७२ साल माघदेखि आयोजनाको काम शुरु भएको वताए । उनले २२ करोड ४० लाख ५१ हजार १ सय ४५ रुपैयाँको लागतमा निर्माण कार्य सुरु भएको जानकारी दिए ।

जमुनी सिचाइ आयोजनामा कुल लागत एक अरब रहेको छ । जसमा ७० करोड को काम समपन्न भैसकेको र ३० करोड काम बाकी रहेको छ । अर्थ मन्त्रालयबाट रकमको स्रोत सहमति बितिकै टेन्डर प्रक्रिया हुने छ र बाकी रहेको कामलाई टेन्डरद्वारा तुरुन्तै सुरु गर्ने मन्त्रीले बताएका छन । जसका लागि विहिबार सचिवलाई मन्त्रीले ठाडो निर्देशन दिएर अर्थको सहमति गराउन तथा चाडो टेन्डर प्रक्रिया लग्न भएका छन ।

सिचाइको समस्या उक्त क्षेत्रमा समाधान यो आयोजना पूरा भएपछि बाराको पचरौता नगरपालिका, आदर्शकोतवाल गापा, सिम्रौनगढ नगरपालिका तथा छिमेकी जिल्ला रौतहटकाे सिचाई समस्या समाधान हुने बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...