Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

हरवा चरवा सम्बन्धि कार्यबिधी अबिलम्ब पारित गर्न माग

spot_img
spot_img

वीरगंज । मुक्त हरवाचरवाको लगत संकलन, प्रमाणिकरण र परिचयपत्र बितरण सम्बन्धी कार्यबिधी पारित गराउनका लागि मुक्त हरवा चरवा अधिकार मंचले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई ज्ञयापन पत्र बुझाएको छ ।

मधेश प्रदेशका ८ वटा जिल्लाहरु (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा र पर्सा) का जिल्ला हरवाचरवा अधिकार मञ्चको अगुवाईमा आइतबार ज्ञापनपत्र बुझाईएको हो ।

उक्त ज्ञापन पत्रमा मधेशप्रदेशको गत आर्थिक बर्ष २०८०/०८१ को निति, कार्यक्रम र बजेटमा मुक्त हरवाचरवाको तथ्याकं संकलन संकलन गर्ने बिषय प्रदेशसभाबाट पारित भएकोले मुक्त हरवाचरवाको लगत संकलनको कार्य तत्काल शुरु गर्न माग गरिएको छ । साथै मधेशप्रदेश सरकार भूमि ब्यवस्था, कृषि र सहकारी मन्त्रालयको पहलमा तयार भएको मुक्त हरवाचरवाको तथ्याकं संकलन, प्रमाणिकरण र परिचयपत्र वितरण सम्बन्धी कार्यबिधीलाई कार्यान्वयन गरी हरवाचरवाको लगत संकलन, प्रमणीकरण र परिचयपत्र बितरण गर्नुपर्ने माग गरिएको छ ।

मुक्त हलिया, कमैया–कम्लहरी तथा हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले नेपाल सरकार, भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई पेश गरेको सिफारिस सहितको प्रतिवेदन तत्काल कार्यान्वयन गरिनुपर्ने, नेपालको संविधानको धारा ५१ ञ (६) मा मुक्त हरवाचरवा, भूमिहिन, सुकुम्वासी पहिचान गरी बसोवासका लागि घरघडेरी तथा जिविकोपार्जनका लागि कृषियोग्य जमिनसहित पुनरस्थापना गर्ने र नेपालको संविधानको धारा १८, २४, ४० को मान्यता अनुसार अक्षरसः कार्यान्वयन गरिनुपर्ने ज्ञयापन पत्रमा उल्लेख छ ।

मुक्त हरवाचरवाहरु बसोवास गर्दै आएको स्थानबाट बैकल्पीक पुनःस्थापना कार्यक्रम विना विस्थापित गर्ने कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन जारी गरिनुपर्ने माग गरिएको छ ।

नेपाल सरकारले मिति २०७९ श्रावण २ गतेका दिन भूमिव्यवस्था मन्त्रालयको सिफारिशका आधारमा हरवाचरवाको ऋणको खारेजीसहित मुक्तिको घोषणा भएको २ बर्षभन्दा पनि बढी बिती सक्दा पनि पुनरस्थापनाका कामहरु अपेक्षाकृत अगाडि बढन नसकेको र मधेश प्रदेश सरकार भूमिब्यवस्था, कृषि र सहकारी मन्त्रालयको पहलमा तयार भएको मुक्त हरवाचरवाको तथ्याकं संकलन, प्रमाणिकरण र परिचयपत्र वितरण सम्बन्धी कार्यविधि हालसम्म पनि पारित हुन नसक्दा मुक्त हरवाचरवाको न्यायिक पुनरस्थापनामा गम्भिर समस्या श्रृजना भएको समेत ज्ञयापन पत्रमा उल्लेख छ ।

भुमि सम्बन्धि ऐन, २०२१ को दफा ५२ (क) ले नेपाल सरकारले भुमिहिन दलितलाई एक पटकका लागि तोकिए बमोजिम तीन बर्षभित्र जमिन उपलब्ध गराउने ब्यवस्था गरेको छ । भने भुमिसम्बन्धि नियमावलीको नियम ४१ (क) र (ख) लयागतमा कार्यान्वयनको ब्यवस्था गरेको ले सोही बमोजिम कार्यन्यवन गर्न माग गरिएको छ ।

उल्लेखीत आफना मागहरु समयमै पुरा नभएको खण्डमा आफुहरु कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने मुक्त हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दसनलाल मंडले बताउनु भयो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...