Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागु औषध चरेश सहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुरले लागु औषध चरेश सहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाराकाे सिम्रौनगढ न. वडा नं.४ हरिहरपुरका २९ बर्षिय मकसुद अन्सारी, साेही ठाउँका २० बर्षिय रामलाल सहनी र भारत विहार जिल्ला मोतीहारी थाना आदापुर सामपुर वडा नं.९ का २९ बर्षिय मुकेश कुमार रहेका छन् ।

विषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार सांझ ५:४५ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१५ भिष्वा होटल अगाडी चालिस फिट्टे सडकखण्डबाट तिनै जनालाई लागु औषध सहित नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए । 

सो स्थानमा ना.१५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार तिनै जनाहरुले कालो ब्याग र सेतो प्लाष्टिकको बोरा लिई संकाष्पदरूपमा बसेको अवस्थामा खटिएको प्रहरी टोलीले कानूनी रीतपुर्‍याई निजहरूले बोकेको ब्याग र बोरा जाँच गर्दा सो ब्याग र बोराभित्र लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ४५ प्याकेटमा प्रति प्याकेट ५०० ग्रामका दरले २२ के.जी.५०० ग्राम फेला परेको प्रवक्ता भारतीले वताए ।

बरामद लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...