Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज महानगरलाई सरसफाई सम्झौता कार्यान्वयन गर्ने बाटो खुल्यो

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाईका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत गरेको सम्झौता कार्यान्वयनको बाटो खुलेको छ ।

सम्झौता विरुद्ध उच्च अदालत वीरगंजमा परेको रिटमा सोमबार न्यायाधीशद्वय निर्मला शाक्य र भरत लम्सालको संयुक्त इजलासले अन्तरिम आदेश (स्टे अर्डर) जारी नहुने फैसला गरेसँगै सम्झौता कार्यान्वयनको बाटो खुलेको हो ।

वीरगंज महानगरपालिकाले एन.के.इन्टरनेशनल कन्ट्रक्शन प्रा.ली.संग सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत वीरगंजको ३२ वटै वडा सफाईका लागि सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयन नगर्न माग गर्दै रामचन्द्र प्रसाद कानुसहितले गएको असोज १५ गते उच्च अदालत वीरगंजमा रिट दायर गरेका थिए ।

रिट दायर गरेको भोलीपल्ट सम्झौता अहिले कार्यान्वयन नगर्नु भन्दै अदालतका न्यायाधीशको एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

अल्पकालीन अन्तरिम आदेशसमेत खारेज गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने संयुक्त इजलाशबाट आदेश भएसँगै महानगरलाई सरसफाई व्यवस्थापनका लागि गरिएको सम्झौता कार्यान्वयनमा सहजता भएको नि.प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले जानकारी दिए ।

सोमबार भएको बहसमा महानगरको तर्फबाट अधिवक्ता विरेन्द्र प्रसाद यादव, प्रमोद प्रसाद साह, कमलमोहन पोखरेल र इश्वर बराल तथा एन.के.इन्टरनेशनलको तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईले बहस गरेका थिए । निवेदकको तर्फबाट भने वरिष्ठ अधिवक्ता दिपकराज भण्डारी, नेपाल वार एशोसिएसनका उपाध्यक्ष सुधिर कर्ण र अधिवक्ता नेजामुद्धिन राउत गद्दीले बहस गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...