Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

शान्ति सुरक्षा सम्बन्धमा जनप्रतिनिधिसंग छलफल

spot_img
spot_img
वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुरले चाँडवाडकाे समय सुरक्षा व्यवस्था सम्बन्धमा जनप्रतिनिधिहरुसंग छलफल गरेकाे छ । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक श्याम कुमार बस्नेतले श्रीपुरकाे एरियामा पर्ने वडाध्यक्षहरुसंग छलफल गरेका हुन् ।
 
वडाध्यक्षहरु संगकाे भेटघाटमा दशै, तिहार तथा छठ पर्वको समयमा हुने गरेका अपराधिक गतिविधी तथा त्यसको शान्ति, सुरक्षाको सम्बन्धमा आवश्यक छलफल तथा सुझाव आदान प्रदान गरिएकाे वडा प्रहरी कार्यालय श्रीपुरले जनाएकाे छ ।
 
प्रहरी निरिक्षक वस्नेतको अध्यक्षतामा भएकाे छलफलकाे क्रममा जनप्रतिनिधिबाट प्राप्त राय, सुझावलाई हृदयङ्ग गर्दै यस वडा प्रहरी कार्यालयकाे कार्य क्षेत्र भित्र पर्ने वडा एरियामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त बनाउन सघाउने प्रहरी निरिक्षक बस्नेतले वताए ।
 
उनले चाँडवाडकाे समयमा शान्ति सुरक्षाकाे लागि जनप्रतिनिधिसहित स्थानिय भद्रभलादमीहरुकाे पनि सहयाेग आवश्यक रहेकाे वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...