Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पांच महिना मै तानिए पाेखरियाका इन्सपेक्टर ढकाल, उनकाे ठाउँमा शर्मा आउँदै

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरियामा रहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक (इन्सपेक्टर) राजन ढकाल पांच महिना मै तानिएका छन् । प्रहरी प्रधान कार्यालय नक्साले आइतबार ढकालकाे काज सरुवा गर्दै उनकाे ठाउँमा स्वरुप शर्मालाई पठाएकाे छ ।

प्रहरी प्रधान कार्यालयले ढकाललाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पठाएकाे छ भने प्रहरी प्रधान कार्यालय मै कार्यरत रहेका इन्सपेक्टर शर्मालाई इप्रका पाेखरियामा पठाइएकाे छ ।

इप्रका पाेखरियाबाट ५ महिना मै इन्सपेक्टर ढकाल तानिएपछि देशभर चर्चाकाे विषय बनेकाे छ । कारवाही स्वरुप उनलाई क बर्गकाे इप्रकाबाट कार्यअवधिकाे आधा समेत नवित्दै उनलाई फिर्ता बाेलाइएकाेले प्रहरीहरुमा देशभर चर्चाकाे विषय बनेकाे हाे ।

ढकालकाे कार्य सम्पादन राम्राे नदेखिएकाे र उनकाे विरुद्ध प्रहरी प्रधान कार्यालयमा थुप्रै गुनासाेहरु पुगेपछि उनकाे अरु ठाउँमा सरुवा गरिएकाे प्रहरी स्राेतले जनाएकाे छ । यसले संगठनकाे निति विपरित काम गर्ने प्रहरीहरु त्रासकाे वतावरण बनेकाे छ ।

इप्रका पाेखरियामा ढकाल आएदेखि नै विवादित भएका थिए । उनले गर्ने कार्य एकपक्षिय ढंगले देखिएपछि उनकाे विरुद्ध जन गुनासाे बढेकाे थियाे । पाेखरियामा आएदेखि उनीसंग दलालहरु नजिकीएका थिए भने तस्करी बढेकाे थियाे ।  

इप्रका पाेखरियाकाे क्षेत्रमा तस्करी बढेकाे विभिन्न संचार माध्यमहरु बारम्बार समाचारहरु आएपनि उनले तस्करी नियन्त्रण गर्न सकेका थिएन । घरेलु मदिरा भट्टीहरु खुल्याम रुपमा संचालन भइरहेका थिए । इप्रकाकाे मुद्दा शाखामा पैसा विना कुनै काम भइरहेकाे थिएन । यस्ता थुप्रै गुनासाेकाे आधारमा उनलाई पांच महिना मै फिर्ता बाेलाइएकाे प्रहरी स्राेतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...