Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सखुवा प्रसाैनीकाे प्रमुख प्रशासकिय अधिकृतमा चाैरसिया

spot_img
spot_img

वीरगंज। पर्साकाे सखुवा प्रसौनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा विजय कुमार चाैरसिया हाजिर भएका छन् । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले चाैरियालाई सखुवा प्रसाैनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सरुवा गरेपछि उनी मंगलबार गाउँ कार्यपालिकाकाे कार्यालयमा हाजिर भएका हुन् ।

गाउँपालिकामा हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृत चौरसियालाई गाउँपालिका अध्यक्ष यशवन्त यादवले एक कार्यक्रमका बिच स्वागत गरेका थिए । गाउँपालिकाको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चौरसियालाई औपचारिक रूपमा पदभार ग्रहण गराइएको थियो ।

गाउँपालिका अध्यक्ष यादवले चौरसियालाई स्वागत गर्दै जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । यादवले गाउँपालिकाको विकास र निर्माण कार्यलाई तीव्रता दिन र सेवाप्रवाहलाई थप पारदर्शी तथा प्रभावकारी बनाउन चौरसियाको नेतृत्वमा सबै कर्मचारीको साथ आवश्यक भएको बताए ।

पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत चौरसियाले कानुनी दायराभित्र रहेर कुनै समस्या उत्पन्न हुन नदिने प्रतिबद्धता जनाए ।  उनले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयले गाउँपालिकालाई समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विगत एक वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारलाई अध्यक्ष यादवले सम्मान गरेका थिए । राैनियार पुनः स्वास्थ्य शाखाको जिम्मेवारीमा फर्कने वताइएकाे छ ।

स्वागत कार्यक्रममा वडाध्यक्षहरु बासुदेव महतो थारु, चिरञ्जीवी महतो थारु, मोजामिल अन्सारी, मोहम्मद आरिफ, मुन्ना कमकर, लेखा शाखा प्रमुख सुमन साह लगायत गाउँपालिकाका अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...