Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

रास्वपाद्वारा छिपहरमाईमा वृक्षारोपण

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छिपहरमाई गाउँपालिका कमिटीको आयोजनामा पर्यावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको उद्देश्यसहित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम छिपहरमाई गाउँपालिका–२ स्थित श्री नवगवा मावि र वडा नम्बर १ मा रहेको श्री देवी स्थान नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आयोजना गरिएको हो ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन रास्वपाका क्षेत्रीय सभापति जितेन्द्र मिश्रले बिरुवा रोपेर गरेका थिए । कार्यक्रम अन्तर्गत १५० वटा मलेसियन साखु र २०० भन्दा बढी विभिन्न प्रजाती बिरुवाहरु रोपिएका छन् । रास्वपा पर्सा क्षेत्र नम्बर ४ का सभापति मिश्रले वृक्षारोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार गाउँपालिकाका सबै वडाहरुमा २०० वटा बिरुवा रोप्ने लक्ष्य रहेको छ ।

वृक्षारोपण कार्यक्रममा छिपहरमाई गाउँपालिका सभापति उमेश यादवले पनि वृक्षारोपणको महत्वमा जोड दिँदै यस किसिमका कार्यक्रमले गाउँपालिकाको हरियाली बढाउने धारणा राखे । कार्यक्रममा प्रमुख अतिथि मिश्रसहित पालिका सभापति यादव, पालिका सचिव मनबोध यादव, सदस्य राजु यादव, धर्मेन्द्र यादव, विक्की यादव, श्री नवगवा माविका प्रधानाध्यापक अमीन मियाँ, शिक्षक गगन देव यादव, बिओपी इन्चार्ज प्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...