Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

मधेश प्रदेशको समस्या समाधान हुनेगरी कदम चाल्ने मन्त्री गुप्ताकाे प्रतिवद्धता

spot_img
spot_img

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहबीच शुक्रबार भेटवार्ता भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारमा भएको भेट बर्तामा मधेश प्रदेशका विभिन्न समस्याहरुका विषयमा छलफल भएको छ ।

भेटमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा कर्मचारीहरु जान नमान्ने र गएकाहरू पनि दक्ष नहुँदा कार्य सम्पादनमा समस्या भइहेको जानकारी गराएका हुन् । सरकारी कार्यालयहरूका कार्यसम्पादनमा समस्या आउँदा सर्वसाधारण सेवाग्राही मर्कामा पर्ने गरेको भन्दै उनले मधेश प्रदेशमा दक्ष र अनुभवी कर्मचारीहरु पठाउन आग्रह गरे ।

‘मधेशमा कर्मचारीहरू जान मानिरहनुभएको छैन । उहाँहरूका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन हामी प्रयासरत छौँ । तर, दक्ष र अनुभवी कर्मचारीहरू पठाइदिनुहुन विनम्र आग्रह छ,’ मुख्यमन्त्री सिंहले मन्त्री गुप्तालाई भने ।

मुख्यमन्त्री सिंहको कुरा सुनेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले मधेश प्रदेशको समस्याबारे आफू स्वयम् जानकार र चिन्तित रहेको भन्दै मुख्यमन्त्रीबाट भएको पहलप्रति खुसी ब्यक्त गरे । उनले मधेश प्रदेशको सो समस्या समाधान हुनेगरी आफूले कदम चाल्ने प्रतिवद्धता पनि ब्यक्त गरेकाे मन्त्री गुप्ताकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...