Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजबाट बंगलादेशी नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट एक जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । चाडपर्वलाई लक्षित गर्दै वीरगंजका होटलहरुको चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा भेटिएका बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । 

वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ बसपार्कस्थित आर्यन होटल एण्ड लजको कोठा नम्बर २०२ बाट २९ वर्षीय महमद सहादत हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनकाअनुसार बंगलादेशको सिलेट होबीगंज होल्डिङ् नम्बर ७७७ स्थायी ठेगाना बताउने महमद सहादत हुसेनलाई पासपोर्ट, भिसा लगायतका कागजपत्र नभएको अवस्थामा पक्राउ गरिएको हो ।

हुसेनलाई आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय वीरगंज पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता भारतीले बताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...