Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

वीरगंजमा स्टुडेन्ट ट्राफिक पुलिस क्लब (एसटिसि) गठन तथा व्याच वितरण

spot_img
spot_img

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साकाे आयाेजनामा साेमबार वीरगंजमा स्टुडेन्ट ट्राफिक पुलिस क्लब (एसटिसि) गठन तथा व्याच वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंज महानगरपालिका, प्यावसन वीरगंज पर्सा, एन प्यावसन वीरगंज पर्साको सहकार्यमा भएकाे कार्यक्रमकाे उद्घाटन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरिक्षक भिम किरण बोगटी र वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्णले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा ट्राफिक व्यवस्थापन बहुआयमिक बिषय भएकोले एसटिसि कार्यविधि निर्माण गर्नुकाे क्लबका सहभागि विभिन्न स्कुलका  विद्यार्थीहरुलाई व्याच समेत वितरण गरिएकाे प्यावसन पर्साका जिल्ला सचिव राहुल श्रीवास्तवले जानकारी दिए ।

ट्राफिक व्यवस्थापनमा जनता, स्थानिय तह, ट्राफिक प्रहरी लगायत बिभिन्न सरोकारवाला निकायको प्रत्यक्ष सहभागिता हुने, आजका साना बिद्यार्थी नै छिटै निजि तथा सार्वजनिक सवारीका सवारी चालक बन्ने साथै बिद्यालय उमेरमा नै ट्राफिक सचेतना पुऱ्याउन मद्दत पुग्ने र नेपाल प्रहरी, स्थानिय तह, बिद्यालय र बिद्यार्थी बिच समन्वय गरी नेपाल प्रहरीको स्थानिय जन-समुदाय बिच छवि उच्च बनाउन साथै ट्राफिक प्रहरीको बिभिन्न कार्यमा बिद्यार्थीको पनि उचित सहभागिता गराउनको निमित्त नितान्त स्वयंसेवक संस्थाको रुपमा कार्य गर्ने कार्यविधि निर्माण गरिएकाे उनले वताए ।

प्रहरी उपरिक्षक बाेगटीकाे सभापतित्वमा र वीरगंज महानगरका शैक्षिक महाशाखा प्रमुख कर्णकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्यावसनका केन्द्रिय सदस्य छेदुप लामा, पर्सा जिल्ला अध्यक्ष पुरन प्रधान, जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका प्रमुख प्रहरी निरिक्षक भाष्कर खतिवडा, प्यावसन पर्साका बरिष्ठ उपाध्यक्ष सराेज प्रसाद चाैधरी, उपाध्यक्ष शिवजी गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य जगत राई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतकाले कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई व्याच वितरण गरेका थिए ।

प्यावसन पर्साका सचिव श्रीवास्तवले संचालन गरेकाे कार्यक्रममा रामनिवास देहातीकाे समुहले ट्राफिक नियम सम्बन्धि जनचेतना सूलक नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सभापति प्रहरी उपरिक्षक बाेगटीले मधेस प्रदेशमा दिनहु ५/६ वटा दुर्घटना हुने गरेको र जस मध्ये ३/४ वटा मोटरसाइकल दुर्घटना नै हुने गरेको वताए । उनले मधेश प्रदेशमा सबभन्दा बढी माेटरसाइकल दुर्घटना हुने वताउँदै दुर्घटना न्यूनीकरण गर्ने ट्राफिक प्रहरीकाे मात्र नभई सबैको दायित्व भएको वताए ।

कार्यक्रमका प्रमुख अतिथी शैक्षिक महाशाखा प्रमुख कर्णले चालकहरुलाई पनि ट्राफिक नियम सम्बन्धि सचेतना जगाउन जरुरी रहेको वताए । उनले केही चालकहरु समेत बदमासी गर्ने गरेकाे वताउँदै वीरगंज महानगरले स्कुल बसका चालकहरुको लागि पनि ड्रेसको ब्यवस्था गर्न लागेकाे वताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशन सम्पन्न, अध्यक्षमा बराइली निर्वाचित

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ...

विश्व वातावरण दिवसको अवसरमा वीरगंजमा साइकल र्‍याली

वीरगंज । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा बुधबार जनचेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ ।...

सर्कल अफ केयरद्वारा पर्सा ट्राफिक प्रहरीलाई पानी डिस्पेन्सर सहयोग

वीरगंज । सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयर (Circle of Care) ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी...