Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

वीरगंजमा पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने योजनामा छाैं : मन्त्री यादव

spot_img
spot_img

वीरगंज । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले वीरगंज र आसपासका क्षेत्रमा देखिएको पानीको समस्या समाधानका लागि विशेष प्राथमिकता दिएको बताएका छन् ।

आइतबार जनता समाजवादी पार्टी (जसपा) वीरगंज महानगरपालिका वडा नम्बर १६ एकाइ समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री यादवले पानीको समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारेको बताए  ।

मन्त्री यादवले भने, “पानीको समस्याले जनतालाई निकै दुःख दिइरहेको छ, र म यो विषयमा गम्भीर छु । मन्त्रालयले यसलाई दीर्घकालीन रूपमा समाधान गर्न ठोस योजनाहरू तयार गरिरहेको छ । हामीले यसमा विशेष ध्यान केन्द्रित गरेका छौँ र शीघ्र समाधानको प्रतिबद्धता लिएका छौँ ।” उनले जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजनाहरू अघि बढाइने जानकारी समेत दिए ।

साथै, जसपाका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले पार्टीको नीतिगत रूपमा जनताको सेवा र कल्याणका कार्यमा आफू निरन्तर सक्रिय रहेको र जसपाले आगामी चुनावमा जनताको समर्थन पाउन सक्ने गरी सङ्गठनलाई सुदृढ बनाइने बताए । “हामी पार्टीको सङ्गठनलाई बलियो बनाउँदै जनतासँगको संवादलाई अझ सशक्त बनाउँदै छौँ । जसपाले जनताका हकहितको मुद्दामा निरन्तर क्रियाशील रहन्छ,” उनले भने ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्थानीय विकास र जनसेवामा आफ्नो पूर्ण समर्पण रहेको बताए । उनले भने, “वीरगंजकाे समृद्धि र विकासको लागि म र मेरो टिम निरन्तर क्रियाशील छौँ । जनताको समस्या हाम्रो पहिलो प्राथमिकता हो र हामी तिनको समाधानमा तदारुकता देखाइरहेका छौँ ।”

मेयर सिंहले कार्यक्रममा उपस्थित कार्यकर्तालाई पार्टीको साझा उद्देश्यलाई साकार बनाउन एकतामा बाँध्न आग्रह गर्दै जनताका आवश्यकतामा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए । “पार्टीको बलियो सङ्गठन र जनतासँगको सहकार्यले मात्र विकास सम्भव छ,” उनले भने ।

कार्यक्रममा जसपाका वीरगंज महानगर समितिका सचिव फरिद आलम, जिल्ला सदस्य लालदेव यादव, वडा एकाइ समितिका अध्यक्ष अरुण यादव, सचिव श्यामसुन्दर चौरसिया, माजिद मियाँ, मुस्तफा आलम, कलिम मियाँ, प्रभु चौरसिया, सम्सुल हक मियाँ, आशिक आलम लगायतका स्थानीय नेता र कार्यकर्ताहरूको उपस्थिति थियो । कार्यक्रममा समृद्धि र विकासका लागि पार्टीले चाल्नुपर्ने कदमहरूबारे महत्त्वपूर्ण छलफल पनि भएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...

प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् । नेपाल...