Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

मधेश प्रदेश कमिटीद्वारा मन्त्री गुप्ता सम्मानित

spot_img
spot_img

वीरगंज । नेकपा एमाले मधेश प्रदेश कमिटीले आइतबार एक विशेष समारोहको आयोजना गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई सम्मान गरेको छ ।

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजनामा मधेश प्रदेशको बर्दिबासमा भएकाे कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा उपस्थित मन्त्री गुप्तालाई सम्मान गरिएकाे उनकाे सचिवालयले जनाएकाे छ । उक्त सम्मान कार्यक्रम मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले सञ्चालन गरेका थिए । अध्यक्ष मण्डलले मन्त्री गुप्तालाई सम्मान गर्दै सरकार सञ्चालनमा सकृय भूमिका खेल्न आग्रह गरे।

अध्यक्ष मण्डलले आफ्नो सम्बोधनमा मन्त्री गुप्ताले देशको संघीय संरचनामा शासन व्यवस्थामा सुधार ल्याउन र समग्र जनताको हितमा काम गर्न सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको बताए । साथै, उनले मन्त्री गुप्ताले हालैका दिनहरूमा संघीय मामिला र सामान्य प्रशासनमा देखिएको चुनौतीहरूको सामना गर्न, विशेषगरी मधेश प्रदेशको विकास र समृद्धिका लागि उहाँले अझै बढी सक्रियता देखाउनु पर्नेमा जोड दिए ।

त्यसैगरी, अनुशासन आयोगका सचिव प्रा. डा. भरत पहारीले पार्टीका नेता कार्यकर्ताले पालन गर्नुपर्ने अनुशासन र आचारसंहिताका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा पार्टी केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्यहरू, पार्टी प्रदेश कमिटीका सदस्यहरू प्रदेश लेखा आयोगका सदस्यहरू, आठ ओटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको प्रदेश कमिटीका सचिव पौडेलले बताए ।

प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्यूरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, ज्वाला कुमारी साह, अच्युत लगायतको उपस्थिति रहेको थियो ।  केशव बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदेश सचिब मनोज पौडेलले र स्वागत प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...