Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

जनप्रतिनिधि जनताको सशक्तीकरण र सेवामा समर्पित हुनुपर्छ : खानेपानी मन्त्री यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) काे पर्सागढी नगर समितिद्वारा आयोजित विस्तारित बैठक र वीरगंज महानगरपालिका वडा नम्बर २१ को कार्यालयद्वारा आयोजित सम्मान कार्यक्रममा शनिबार सम्पन्न भएकाे छ । कार्यक्रममा सहभागिता जनाउँदै खानेपानी मन्त्री प्रदीप यादवले स्थानीय जनप्रतिनिधि, कार्यकर्ता र आम जनतासँग विकासको एजेन्डामा महत्त्वपूर्ण संवाद गरेका छन् ।

पर्सागढी नगरपालिकामा आयोजित जसपाको विस्तारित बैठकमा मन्त्री यादवले पार्टी सङ्गठन सुदृढीकरण, जनताको अधिकार र समृद्धिको दिशामा सरकार र पार्टीले लिएका रणनीतिहरूमा गहन छलफल गरेका हुन् । 

उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने, “समाजवादको मार्गदर्शनमा, हामीले जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । पर्सागढीको विकास र समृद्धिका लागि हामीले ठोस योजनाहरू बनाएर तिनको कार्यान्वयनमा दृढतापूर्वक लाग्न आवश्यक छ ।”

जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले अगाडि थपे, “स्थानीय जनताका समस्याहरूलाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौँ । पर्सागढीको विकाससँगै, हामी जनताको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष योजना लिएर आउने छौँ ।”

त्यस्तै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीले सङ्गठनात्मक संरचना सुदृढ गर्दै जनताको समस्याको निराकरणमा ध्यान दिनु अहिलेको प्राथमिकता रहेको बताए । 

जसपाको केन्द्रीय सदस्य समेत रहनुभएका मेयर सिंहले, “पर्सागढी नगरपालिकालाई समृद्धि र विकासको नमुना बनाउने जसपाको योजनामा सबैको सहयोग अपरिहार्य रहेकाे वताए ।” उनले जनताको अधिकार संरक्षण र समाजवादी सिद्धान्तमा आधारित योजनाहरूलाई सफल बनाउन जनतासँगको संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

बैठकमा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, पर्सागढी नगरपालिकाका मेयर पदका प्रत्याशी सुरज मानन्धर र विभिन्न वडाका अध्यक्ष, पूर्व अध्यक्ष तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै मन्त्री यादव वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ मा आयोजित सम्मान कार्यक्रममा सहभागी हुँदै स्थानीय जनप्रतिनिधि र कार्यकर्तासँग सौहार्दपूर्ण छलफल गर्दै जनताका गुनासा, अपेक्षाहरू र भविष्यका विकासका एजेन्डाहरूबारे विचार विमर्श गरेका हुन् । 

उनले भने, “जनताले देखाएको विश्वास र समर्थनको सम्मान गर्दै हामी आगामी दिनमा वीरगंजलाई समृद्ध र विकासको मोडेल सहर बनाउने योजना लिएर आएका छौँ । यो सबैको सहयोगबिना सम्भव छैन, त्यसैले सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेछ ।”

मन्त्री यादवले वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ का जनप्रतिनिधिहरूलाई सशक्त बनाउन र जनताको सेवामा अझ नजिक हुन आग्रह गरे । उनले स्थानीय स्तरको विकासका लागि जनताको इच्छाशक्ति र सरकारको पहल एकसाथ अगाडि बढ्नुपर्नेमा जोड दिए, “सहकार्य र समर्पण नै हाम्रो सबल पक्ष हो, यसले मात्र स्थानीय विकासका योजनाहरू सफल हुन सक्छ ।”

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कार्यकर्ताहरूले मन्त्री यादवको नेतृत्वमा स्थानीय विकास योजनाहरू प्रभावकारी ढङ्गले अगाडि बढ्नेमा विश्वास व्यक्त गरे । मन्त्री यादवले पर्सा जिल्लामा गरेको यो दौडानले जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधानका उपायहरूलाई शीघ्र कार्यान्वयनमा ल्याउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...