Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

‘आर्थिक मन्दी र अर्थ राजनीतिक निकास’ विषयक वीरगंजमा अन्तरक्रिया

spot_img
spot_img

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको आयोजनामा ‘आर्थिक मन्दी र अर्थ राजनीतिक निकास’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजकाे व्यवसायिक एवम् आर्थिक सहरको रूपमा रहेको योगदान, यसका समस्या र समृद्धिका लागि आवश्यक नीतिहरूको चर्चा कार्यक्रममा गरिएको थियो ।

रास्वपा पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि रास्वपाका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्ले रहेका थिए । कार्यक्रममा बोल्दै वाग्लेले देशको आर्थिक गतिविधि शिथिल भएको अवस्थामा आर्थिक मन्दीको निकासका लागि तीव्र प्रयास आवश्यक रहेको बताए । उनले भने, “आर्थिक रुपमा सबल बन्नका लागि उद्योग, व्यापार, कृषि र अन्य आर्थिक गतिविधिहरूलाई गति दिनुपर्छ । नीतिगत, संरचनागत र व्यवहारिक समस्याहरूको समाधानका लागि संसददेखि विभिन्न समितिको बैठकमा म मुद्दा उठाइरहेको छु र आवश्यक पहल गर्दैछु ।”

वाग्लेले आर्थिक संकटको समाधानका लागि अन्तर्राष्ट्रिय अनुभवलाई देशको परिस्थितिमा मिलाएर प्रयोग गर्नुपर्नेमा पनि जोड दिए। उनले भने, “अहिले नेपालमा देखिएको आर्थिक मन्दी विश्वव्यापी आर्थिक संकटको भाग पनि हो, तर यसलाई हामीले नीतिगत सुधार र आवश्यक कदमहरू चालेर समाधान गर्न सक्छौं। वीरगञ्जजस्तो महत्त्वपूर्ण सहरलाई उपयुक्त सरकारी सहयोग र नीति निर्माणको जरुरत छ।”

उक्त कार्यक्रममा बिशिष्ट अतिथि मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दिपक शाक्यले पनि आर्थिक मन्दीको समयमा शिक्षा क्षेत्रको भूमिकाबारे चर्चा गर्दै, उद्यमशीलता र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए। उनले भने, “शिक्षा भनेको केवल ज्ञानको क्षेत्र मात्र होइन, यो समाजको आर्थिक विकासको आधार पनि हो। शिक्षाले उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहित गर्नुपर्छ, जसले दीर्घकालीन रुपमा आर्थिक मन्दीको समाधान गर्न मद्दत गर्छ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले औद्योगिक क्षेत्रका समस्या र चुनौतीहरू प्रस्तुत गर्दै, नीतिगत सुधारको आवश्यकतामाथि प्रकाश पारे। उनले भने, “वीरगञ्ज एक प्रमुख व्यापारिक सहर हो, तर यहाँका उद्योगहरू सरकारको ध्यानमा परेका छैनन् । यहाँका उद्योगी र व्यवसायीहरूलाई सरकारबाट आवश्यक सहयोग प्राप्त हुन सकेको छैन।”

साथै निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. सुवोध कुमार गुप्ता लगायतले वीरगञ्जको आर्थिक गतिविधि, औद्योगिक समस्याहरू र सम्भावनाबारे चर्चा गरे।

कार्यक्रममा बरिष्ठ उद्योगी जगदिश अग्रवालले वीरगञ्जलाई सरकारको नीति निर्माणमा महत्त्वपूर्ण स्थान दिनुपर्ने माग गरे। अग्रवालले भने, “वीरगञ्ज औद्योगिक हबको रूपमा चिनिएको भए पनि यहाँका उद्योगीहरूलाई सहयोग नपाउँदा चुनौती थपिएका छन्। सरकारले यहाँका उद्यमीहरूलाई साथ दिने नीति बनाउनुपर्छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्राध्यापक डा. प्रमोद सर्राफ, विश्लेषक बिनोद गुप्ता, अर्थविद् डा. दिपेन्द्र चौधरी लगायतले पनि आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रका विविध मुद्दाहरूमा आफ्नो भनाई राखे। वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय माधव राजपाल र मनोज दास, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, पत्रकार ध्रुव साह, राजु श्रेष्ठ लगायतले विभिन्न क्षेत्रका समस्या उजागर गर्दै सुझाव दिए ।

कार्यक्रममा पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले वीरगञ्जलाई व्यवसायिक नगरी भनिए पनि सरकारको दृष्टिकोण नफेरिएको र यहाँका नागरिकहरूले पनि सरकारको प्रभावकारी काम देख्न नसकेको बताए। पन्तले भने, “वीरगञ्जजस्तो प्रमुख नगरीले सरकारबाट कुनै ठोस सहयोग पाउन नसकेको छ, यसकारण यहाँका व्यवसायिक र आर्थिक चुनौतीहरूको समाधानका लागि निरन्तर बहस र छलफल आवश्यक छ।”

रास्वपाका अभियान तथा प्रचारप्रसार विभाग मधेश प्रदेशका प्रमुख राम सर्राफले स्वागत मन्तव्य दिएका थिए भने, कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए।कार्यक्रमको अन्त्यमा रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादवले धन्यवाद ज्ञापन गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...