Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडछु : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडने दावी गरेका छन् ।

रेडियो बीरगंज तथा टिभी बीरगंजद्वारा आयोजित जनता जानेके चाहता कार्यक्रममा विशेष कुराकानी गर्दै मेयर सिंहले बीरगंजको शिक्षामा माफियातन्त्र हावी हुन खोजेको हुँदा बाहिरबाट आएर बीरगंजको शैक्षिक अवस्थालाई विगार्ने गिरोहलाई नछाडिने चेतावनी दिए ।

आफू कानुन विपरित काम नगर्ने र कानुन हातमा लिनेलाई कुनै हालतमा नछाडने प्रतिबद्ध व्यक्त गर्दै जनताको राजस्वबाट तलब खाने शिक्षकले पार्टीको राजनीति गरेर शैक्षिक क्षेत्रलाई धारासायी बनाउने अधिकार नभएको बताए ।

शैक्षिक क्षेत्रको सुधारको सुरुवात भएको बताउदै नगर मेयर सिंहले ४०/५० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी फेल हुने, १५/२० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी पास हुने अवस्था कसरी भयो यसको अन्त्य गरिने बताए ।

आफूले २७ महिना ९ दिन काम गरेको र यस अवधिमा बीरगंजको सरसफाई, सौन्दर्यकरण, हरियाली बीरगंज, शंकराचार्य गेटदेखि गण्डक सम्मको अवस्थामा आमूल परिवर्तन इको पार्कको निर्माण जस्ता धेरै काम गरेको दावी गरे ।

उनले वातावरण प्रयावरण जोगाउन महानगरपालिकाले काम गरिरहेको बताउदै प्रदुषित सिर्सिया नदीलाई स्वच्छ बनाउन फोहोर मिसाउने उद्योगलाई कडा कारवाही सहित जरिवाना गरिएपछि अहिले सिर्सिया नदीको अवस्थामा सुधार आएको दावी गरे ।

मेयर सिंहले बीरगंजको माटोलाई उर्वर बनाउने जिम्मा वीरगंजवासीकै भएको बताउदै आफूले गरेका राम्रा कामको पनि विपक्षिहरुले आलोचना गरेको र आलोचना र अवरोधबाट आफू कहिल्यै पछाडी नहटने पनि दाबी गरे ।

मेयर सिंहले बीरगंजको बजार क्षेत्र र ग्रामिण क्षेत्रलाई छुट्याएर समानुपातिक रुपमा सडक, विद्युत, खानेपानी, स्वास्थ्य चौकी लगायत विकास निर्माणलाई अगाडी बढाएको दावी गर्दै आफूले बोलेको कुरा पुरा गर्ने र पुरानो बसपार्कको ठेक्का समेत खारेज गरि सकेको बताए ।

उनले हाल वीरगंज महानगरपालिकाले आन्तरिक रुपमा ८० करोड राजस्व उठाई रहेको बताउदै संघिय सरकारको विभेदको शिकार महानगरपालिका बनेकोमा आक्रोश व्यक्त गरे ।

बीरगंज महानगरपालिका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत बोर्ड सदस्यहरुमा कुनै विवाद नरहेको बताउदै आफूले चुनाव ताका गरेका प्रतिबद्धता र वाचालाई जुनसुकै हालतमा पनि पुरा गरेरै छाडने दावी पनि गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...