Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

जथाभावी फोहोर फाल्ने होटललाई २५ हजार जरिबाना

spot_img
spot_img

वीरगंज । शौचालयको फोहोर सोझै नालामा खसाउने वीरगंजको आदर्शनगरस्थित होटल कन्ट्री इनलाई वीरगंज महानगरपालिकाले २५ हजार रुपैयाँ जरिबाना गरेको छ ।

होटल एशोसियशन पर्साका अध्यक्ष हरि पन्तद्वारा संचालित होटल कन्ट्रि इनले शौचालयको दुर्गन्धित फोहोर सोझै नालामा खसाएको भेटेपछि जरिबाना गरिएको महानगरका सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले जानकारी दिए । होटलले सरसफाईमा लापरवाही गरेको भेटिएपछि कारबाही स्वरुप जरिबाना गरिएको मियाँले बताए ।

वीरगंज महानगरपालिकाले नगर सफाईमा कडाई गर्दै आएको छ । जथाभावी फोहोर फाल्ने संघसंस्था तथा व्यक्तिलाई जरिवाना गर्दै आएको महानगरले फोहोर संकलनका लागि दैनिक तीन पटक टोलटोलमा ट्याक्टरसहित सफाइकर्मी परिचालन गर्ने गरेको छ ।

सरसफाईमा शुन्य सहनशीलता अपनाएको महानगरले जथाभावी फोहोर फाल्ने जो कोहीलाई पनि जरिबाना गरेर सचेत गराउँदै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...