Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमाको व्यवस्था गर्छाैं : मुख्यमन्त्री सिंह

spot_img
spot_img
वीरगंज । नेपाल ब्रोडकास्टिङ्ग च्यानल लि. द्वारा संचालित न्यूज २४ टेलिभिजनको प्रादेशिक व्यूरो कार्यालय वीरगंजमा संचालनमा आएको छ । ठाकुरराम बहुमुखी क्याम्पसको उत्तरपट्टि संचालनमा आएको उक्त टेलिभिजनको मधेश प्रदेश व्यूरो कार्यालयलाई बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गरेका छन् । 
 
कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री सिंहले यस टेलिभिजनले आवाजविहीनहरुको लागि आवाज बन्न सहोस्, जतिपनि अप्ठ्यारा कुराहरुको उजागर गर्न यस टेलिभिजनको भूमिका महत्वपूणर् होस् भन्ने शुभकामना सहित कार्यालय संचालनको उत्तरोतर प्रगतिको कामना गरेका छन् । उनले केन्द्र सरकारले मधेश प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता रहेको बताए ।
 
मुख्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषाल उपस्थित नभएको पत्रकार दिपेन्द्र चौहानले उठाएको जिज्ञासाको जवाफ दिदै मुख्यमन्त्री सिंहले अधिकार प्राप्त नरको विषयमा टाउको दुखाई गरिरहनु नपर्ने स्पष्ट पारे । केन्द्र सरकारले ७ वर्षसम्म प्रहरी प्रशासन समायोजन नगरेको कारण प्रमुख जिल्ला अधिकारी प्रदेश सरकारको अधिकारक्षेत्र भित्र नपर्ने भन्दै त्यो विषयमा टिकाटिप्पणी गरिरहनु नपर्ने बताए । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारले आउने आर्थिक वर्षमा मधेशका ८ वटै जिल्लाका पत्रकारहरुको लागि १ लाखको स्वास्थ्यबीमा र ७ लाखको दुर्घटना बीमाको व्यवस्था गर्ने जानकारी दिए । अध्ययन गर्ने पत्रकारहरुको लागि छात्रवृत्ति समेतको व्यवस्था गरिएको उनले बताए ।
 
वीरगंज लगायत मधेश प्रदेशका आठवटै जिल्लाहरुमा आर्थिक एवं पर्यटकीय सम्भावना थुप्रै रहेकोले यस प्रदेशमा आर्थिक क्रान्ति एवं पर्यटनको विकास कसरी गर्न सकिन्छ भन्नेबारे सम्बन्धित निकाय उद्योग वाणिज्य संघ एवं सरोकारवालाहरुसँग निरन्तर छलफल चलिरहेको जानकारी दिए । उनले मधेश सरकार जहिलेपनि संघीयताको लागि लडि रहेको भन्दै मधेश प्रदेशमा संघीयताको बढि अनुभूति रहेको बताए ।
 
कार्यक्रममा सहभागी वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले उद्योगी व्यवसायीहरुको समस्या सहित अन्य विषयमा यस टेलिभिजनको बहुमुल्य योगदान रहेको बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले देशमा संचालित टेलिभिजनहरुमा नकारात्मक विषयहरुले मात्रै ठाउँ पाउने गरेको तर यस टेलिभिजनमा सकारात्मक विषयहरु पनि ठाउँ पाउने गरेको बताए ।
 
मधेश विश्वविद्यालयका उप-कुलपति डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतले आआफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
 
कार्यक्रमलाई समापन गर्दै न्यूज २४ टेलिभिजनका केन्द्रिय व्यूरो प्रमुख राजु श्रेष्ठले वीरगंजबाट ४ वटा कार्यक्रमहरु संचालन गरिने जानकारी दिए । उनले यस टेलिभिजनको व्यूरो कार्यालय वीरगंजमा संचालन भएसँगै ‘पर्यटन, शिक्षा, प्रदेश संवाद एवं आर्थिक’ विषयमा ४ वटा कार्यक्रमहरु संचालन गरिने जानकारी दिए ।
 
कार्यक्रममा बरिष्ठ उद्योगपति एवं समाजसेवी मुर्लीधर रुङ्गटा, सुरेश रुङ्गटा, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ता, वीरगंज उद्योग वाणिज्य संघका माधव राजपाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह, प्रहरी निरीक्षक पुष्कर बोगटी लगायत उद्योगी, व्यापारी, समाजसेवी एवं सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...