Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंज ३० मा एसइई पास गरेका छात्राहरूलाई कम्प्युटर वितरण

spot_img
spot_img

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार भएको बताएका छन् ।

बिहीबार वीरगंज महानगरपालिका वडा नम्बर ३० को कार्यालयद्वारा आयोजित “एसइई पास गरेका छात्राहरूलाई कम्प्युटर वितरण तथा लोकसेवा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा ल्यापटप वितरण” कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री यादवले युवाहरूको सशक्तीकरण र प्राविधिक शिक्षाको महत्त्वमाथि जोड दिए ।

छात्राहरूलाई कम्प्युटर हस्तान्तरण गर्दै मन्त्री यादवले भविष्यको कर्णधारलाई प्रविधिको पहुँच दिलाउन यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको वताए ।

“कम्प्युटर वितरणले विद्यार्थीहरूलाई प्रविधिसँग जोड्दै उहाँहरूको क्षमता र दक्षता बढाउन सहयोग पुर्‍याउने छ । नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार हो,” मन्त्री यादवले भने ।

त्यस्तै उनले समाजको विकासका लागि शिक्षामा लगानी गर्नु सबैभन्दा महत्त्वपूर्ण उल्लेख गर्दै वर्तमान सरकारले शिक्षा र प्रविधिमा पहुँचका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी गराए ।

कार्यक्रममा विशिष्ट अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षाको महत्त्वलाई जोड दिँदै भने, “प्रविधिमा पहुँचले विद्यार्थीहरूको भविष्यलाई अझ उज्यालो बनाउन मद्दत गर्नेछ । वीरगंज महानगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ ।”

वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादवले पनि वडाले शिक्षामा नयाँ प्रविधिहरूको प्रयोगलाई प्रोत्साहित गर्दै आएको बताए । उनले भने, “यस प्रकारको प्रोत्साहनले विद्यार्थीहरूको आत्मविश्वास बढ्नेछ र उनीहरूलाई अगाडि बढ्न थप उत्प्रेरणा मिल्नेछ ।”

कार्यक्रममा गत वर्ष सम्पन्न एसइई परीक्षामा सहभागी भई उत्तीर्ण गर्ने वडा नम्बर ३० का २६ जना छात्राहरूलाई कम्प्युटर वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिए । त्यस्तै शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण भई पदस्थापन भएका वडाका दुई जनालाई ल्यापटप र वडाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ९ जना स्वयम् सेविकाहरूलाई स्मार्ट फोन वितरण गरिएको यादवले बताए ।

कार्यक्रममा निवर्तमान जिल्ला समन्वय समितिका सभापति नेक मोहम्मद मियाँ, मधेस प्रदेशका पूर्व प्रदेश सभा सदस्य जनत अन्सारी, इश्वचन्द्र यादव, जसपाका पदाधिकारी र नेता, स्थानीय बुद्धिजीवी, विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरू पनि सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...