Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

जगरनाथपुर गाउँपालिकामा भव्य रुपमा तिजकाे शुभकामना अदानप्रदान

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ६ सन्ठीमा बुधबार महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएकाे छ ।

जगरनाथपुर गाउँपालिकाकाे आयोजनामा भएकाे कार्यक्रमकाे उद्घाट पर्सा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य एंव पूर्व मन्त्री रमेश रिजालले गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व मन्त्री रिजालले तिज पर्वकाे दर खाने कार्यक्रमले महिलाहरुकाे स्वतन्त्रता कायम गर्दै गएकाे वताए ।

उनले भने “यता आएर तिज पर्वकाे दर खाने कार्यक्रम ब्यापक बृद्धि भएकाे छ । जुन कार्यक्रममा महिलाहरु एक ठाउँमा जम्मा भएर दर खानुकाे साथै नाच गान गर्ने गरेका छन् । जसले महिलाहरुकाे स्वतन्त्र रुपमा बाच्न पाउने अधिकारलाई पनि सम्बाेधन गरेकाे छ । जुन राम्राे पनि हाे ।” 

कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रमले पर्सा जिल्लामै एउटा छुटै सांस्कृतिक पहिचान बनाएको बताए । उनले यस्ताे कार्यक्रमले महिलाहरुबिच एउटा पारिवारिक सम्बन्ध मजबुत बनाउने समेत विश्वास ब्यक्त गरे ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्साका उपसभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, सह सचिव नवीन सिंह, महाधिवेशन प्रतिनिधि बशिष्टनारायण कुर्मी, सहरुम राउत गद्दी, क्षेत्रिय सचिव बलिष्टर अहमद, काेषाध्यक्ष विनय द्विवेदी, जिल्ला सदस्य अजय पटेल, जगरनाथपुर गाउँपालिकाकी उपप्रमुख बबिता सिंह, कालिकामाई गाउँपालिकाकी उप प्रमुख राजमती चाैरसिया, मन्जय गिरी लगायतको स्थानिय महिला, शिक्षक, शिक्षिका तथा कर्मचारीहरुकाे उपस्थिती रहेकाे थियाे । 

श्री ने.रा.मा.वि. सन्ठीमा भएकाे कार्यक्रममा भाेजपुरी गायक सुनील पण्डितले समेत आफ्नाे प्रस्तुती राखेका थिए । कार्यक्रमकाे संचालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रवेन्द्र साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...