Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

प्रिति पासवानकाे शान्ति सुरक्षाकाे माग गर्दै सिडियाेलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । नेपाल पासवान संघ, पर्साले कलाकार प्रिति पासवानको शान्ती सुरक्षाको माग गर्दै आइतबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापन पत्र बुझएको छ । संघका जिल्ला अध्यक्ष प्रभु पासवानको नेतृत्वमा गएको टोलिले कलाकार पासवानमाथि वीरगंजकाे गहवामाई मन्दिरमा भएको अभद्र व्यवहारप्रति आपत्ती जनाउँदै शान्ति सुरक्षाकाे माग गर्दै ज्ञापन पत्र बुझाएकाे हाे । 

यही भदौ १० गते भएको घटनाको घोर भत्र्सना गर्दै संघका अध्यक्ष प्रभु पासवानद्वारा हस्ताक्षरित ज्ञापन पत्र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई बुझाइएको छ । 

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थायी घर भई हाल वीरगञ्जको माइस्थानमा डेरा गरेर बस्दै आएकी कलाकार पासवानमाथि भएको अभद्र व्यवहारपति दलित समुदायका अगुवाको ध्यानाकर्षण भएको छ । मन्दिर परिसरमा भएको अभद्र व्यवहारसँगै प्रिती बस्नै डेरामै पुगेर तोडफोड गरेर त्रास फैलिएको प्रति ज्ञापन पत्र मार्फत आपत्ती जनाइएको छ । 

यति मात्रै नभएर सामाजिक सञ्जालमा किरण बानियाँ र लक्ष्मी नाम गरेका व्यक्तिहरूले पासवानमाथि चरित्र हत्या गर्ने खालका टिप्पणी गर्दै साइबर अपराध गरेको कुरा पनि ज्ञापन पत्रमा उल्लेख छ । 

पासवानलाई अभद्र व्यवहार गर्ने कार्यमा संलग्न भएकाहरुलाई संविधान २०७२ को धारा २४ बमोजिम जातीय विभेदमा संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गर्न नेपाल पासवान संघ, पर्साका धिरज पासवाले माग गरे । प्रितीको सुरक्षाको व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका हुन । यस विषयमा कुनै पनि कमजोरी भएमा चरणबद्ध आन्दोलनमा उत्रने संघले चेतावनी दिएकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबिनीसहित पर्साका अधिकांश पालिकामा जनप्रतिनिधिबीच विवाद, नीति तथा कार्यक्रम अन्योलमा

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको विवादका कारण आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्योलमा परेको छ । सोमबार नीति तथा कार्यक्रम...

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...