Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जसपा नेपाल पर्सागढीको सम्पूर्ण कमिटी जसपामा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट मेयर पदका प्रत्याशी सुरज कुमार मानन्धर सहित सम्पूर्ण कमिटीले जसपा नेपाल परित्याग गरि अशोक राईको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

जसपा नेपाल त्याग गर्दै जसपा प्रवेश गर्नेहरूमा सुरज कुमार मानन्धरसँगै पर्सागढी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवम् नगर कमिटी अध्यक्ष खुर्सिद आलम, वडाध्यक्ष प्रत्याशी मदन चौधरी थारु, वडाध्यक्ष प्रत्याशी एवम् पूर्व वडाध्यक्ष जयनारायण चौधरी, पूर्व वडाध्यक्षहरू रामजी साह र किशुन देव प्रसाद यादव, साथै भूषण यादव लगायतका नेताहरू रहेका छन् ।

नव प्रवेशीहरूलाई खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादव, पूर्व मन्त्री इस्तियाक राई, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य एवम् निवर्तमान वडाध्यक्ष असलम आलम, वडा नम्बर ९ का वडाध्यक्ष रामबढाइ यादव र अन्य पार्टी नेताहरूले स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्दै सबै जनाले जसपाको नयाँ नेतृत्वलाई समर्थन गर्दै पार्टीलाई अझ सशक्त बनाउने र पर्सा जिल्लाको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जसपा प्रवेश गर्दै सुरज कुमार मानन्धरले भने, ‘हाम्रो यो कदमले पर्सागढी नगरपालिकाको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । हामी जनता समाजवादी पार्टीलाई अझ बलियो बनाउन र जनताको सेवामा निरन्तर क्रियाशील रहन प्रतिबद्ध छौँ ।’

यस सामूहिक प्रवेशले पर्सा जिल्लामा राजनीतिक तरङ्ग ल्याएको छ । जसपाका नेताहरूले आगामी दिनमा पर्सा जिल्लाको विकास र समृद्धिका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...