Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

निकट भविष्यमा नेपालले महिला प्रधानमन्त्री पाउँछ : खानेपानी मन्त्री यादव

spot_img
spot_img

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले निकट भविष्यमा नेपालमा महिला प्रधानमन्त्री चयन हुने आशा व्यक्त गरेका छन् ।

नवनारी म्यागेजिनद्वारा आज काठमाडौँमा आयोजित तीज तथा सौन्दर्य सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले महिला राष्ट्रपति, सभामुख, न्यायाधीश, र मुख्य सचिव पाइसकेकाले अब महिला प्रधानमन्त्री बन्ने मात्र बाँकी रहेको बताए ।

मन्त्री यादवले भने, “महिलाहरूले उच्चतम पदहरू हासिल गरिसकेका छन्, अब प्रधानमन्त्री पदमा महिला नेतृत्वको अपेक्षा गरिएको छ । निकट भविष्यमै देशले महिला प्रधानमन्त्री पाउनेमा म विश्वस्त छु ।”

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री यादवले नेपालको संविधानले महिलाका लागि विशेष अधिकार सुनिश्चित गरेको बताउँदै, वर्तमान सरकार पनि महिलाका हकहितमा प्रतिबद्ध रहेको उल्लेख गरे । महिलाका लागि ३३ प्रतिशत आरक्षण सरकारी निकायहरूमा अनिवार्य हुनुपर्ने धारणा व्यक्त गर्दै, उनले अब पुरुषहरूले पनि घरको काममा योगदान दिनुपर्ने आवश्यकतामा जोड दिए ।

तीज पर्वको सन्दर्भमा मन्त्री यादवले यस पर्वले महिला दिदीबहिनीहरूलाई दुःखसुख साटासाट गर्ने अवसर दिने र मिलनको पर्वको रूपमा महत्त्व राख्ने बताए । उनले भने, “पहाडमा मनाइने तीज अहिले मधेसका गल्ली-गल्लीमा पनि उल्लासपूर्वक मनाइन्छ, यो पर्व हाम्रो सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनको प्रतीक हो ।”

अर्को प्रसङ्गमा, मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौँवासीलाई २४ घण्टा खानेपानी उपलब्ध गराउन, ललितपुरमा मेलम्चीको पानी पुर्‍याउन र गोदावरीको पानी खुवाउन आवश्यक तयारी भइरहेको जानकारी दिए ।

मन्त्री यादवले आफूसँग सम्बन्धित कुनै समस्या वा सुझाव भए आफूलाई सिधा सम्पर्क गर्न आग्रह गर्दै कार्यक्रम समापन गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...