Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजका केही विद्यालयहरुले दिवा खाजा खुवाएनन्, समाजकाे ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका केही सामुदायिक विद्यालयहरुले दिवा खाजा हाल सम्म सुरु गरेका छैनन् ।नयाँ आर्थिक बर्ष सुर भएकाे डेढ महिना हुन लाग्दा पनि केही विद्यालयहरुले दिवा खाजा सुरु नगरेकाे स्वतन्त्र मानव अधिकार समाजले जनाएकाे छ ।

समाजकाे केन्द्रिय कार्यालय वीरगंजले चॉर दिनदेखि नियमित रुपमा गरेकाे अनुगमन यस्ताे भेटिएकाे हाे । समाजले वीरगंजका ७ वटा सामुदायीक विद्यालयहरुमा स्थलगत अनुगमन गरेको छ । अनुगमन गरिएकाे विद्यालयहरु मध्ये बाल बिकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिइने दिवा खाजा हाल सम्म श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालय, आर्दशनगर र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा सुरु नै नभएकाे समाजका अध्यक्ष कृष्ण कुमार खनालले जानकारी दिए ।  

अनुगमनका क्रममा दुबै विद्यालयहरुमा २०८१ साउन महिनादेखि भदौ १४ गते सम्ममा बालबालिकाहरुलाई प्रदान गर्नु पर्ने दिवा खाजा वितरण नभएकाे भेटिएकाे उनले वताए । त्यसैगरी श्री नेपाल रेल्वे माध्यमिक विद्यालयले भदौ ९ गतेदेखि १४ गतेसम्म, श्री ताराचन्द किशनलाल आधारभूत विद्यालयले भदौ ९ गतेदेखि ११ गते सम्म दिवा खाजा वितरण नगरेकाे भेटिएकाे अध्यक्ष खनालले वताए ।

उनका अनुसार अनुगमनकाे क्रममा श्री त्रिभूवन हनुमान माध्यमिक विद्यालय र श्री त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माध्यमिक विद्यालय एवम् जे.पि चर्तुबेदी स्कुलमा दिवा खाजा नियमित रुपमा वितरण गरिएको पाईएको छ ।

दिवा खाजाकाे लागि प्रत्येक सामुदायिक विद्यालयहरुलाई प्रति विद्यार्थी रु १५ का दरले सम्बन्धित पालिकाले रकम प्रदान गर्दै आईरहेको अवस्थामा विद्यालयहरुले मनलागे नास्ता दिने, नलागे नास्ता नदिने उजुरी स्वतन्त्र मानव अधिकार समाजको कार्यालयमा आएपछि समाजले अनुगमन गरेकाे समाजका महासचिव दिपक साहले वताए । अनुगमनकाे क्रममा केही विद्यालय हाल सम्म दिवा खाजा सुरु समेत नगरेकाे भेटिएपछि समाजकाे गम्भिर ध्यानाकर्षण भएकाे उनले वताए । त्यसैले आउँदा दिनहरुमा पनि समाजले बाँकी अन्य सामुदायिक विद्यालयहरुमा अनुगमन गर्दै जाने नै महासचिव साहले जानकारी गराए ।

त्यसैगरी समाजले वीरगंज भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँच विषयमा समेत स्थलगत रुपमा अनुगमन गरिएकाे जनाएकाे छ । अनुगमनकाे क्रममा सामान्य रुपमा पनि घरायसी सामानहरुमा भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो हस्तक्षेप भएको ठम्मयाइ समाजले समाजले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ । चर्को घाममा नागरिकहरुसंग गरिनु पर्ने व्यवहारमा कठोरता नभइ सहजताका रुपमा सशस्त्र प्रहरीहरु प्रस्तुत हुनु पर्ने समाजले विज्ञप्ती मार्फत अनुराेध समेत गरेकाे छ । 

समाजका सभापति कृष्ण कुमार खनालको नेतृत्वकाे अनुगमन टाेलीमा समाजका उपसभापति नन्दि किशोर यादव, महासचिव दिपक साह कानु, सचिव आशिष मिश्रा, कोषाध्यक्ष उर्मिला कुशवाहा, सहकोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्यद्वय सोनालाल गुप्ता तथा विक्की सिंह सहभागि थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...