Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

सिएमसीविरुद्ध बलियो प्रमाण जुटाउन खानेपानी मन्त्री यादवको निर्देशन

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय अदालतमा मेलम्ची खानेपानी आयोजनाविरुद्ध इटालियन निर्माण कम्पनी ‘सिएमसी’ले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन निर्देशन दिएका छन् ।

- Advertisement -

शुक्रवार मन्त्रालयमा अन्तर्राष्ट्रिय कानुनी परामर्शदाता हार्वड केनेडी लफर्म लण्डनका प्रतिनिधिहरू भिक्टोरीया टइसन, जेम्स रिडर तथा मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूसँग आयोजित भेटघाटका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिएका हुन् ।

मन्त्री यादवले मेलम्ची र सिएमसीबीच चलिरहेको मुद्दामा नेपाल सरकारको पक्षमा निर्णय आउने गरी आवश्यक तयारी गर्न र प्रबल प्रमाण प्रस्तुत गर्न जोड दिए । उनले भने, “सिएमसीले मेलम्चीका स्थानीय आपूर्तिकर्ताहरूलाई भुक्तानी नगरी एकतर्फी रूपमा ठेक्का तोड्यो र उल्टै मुद्दा दायर गर्‍यो । अब हामीले उसका गलत क्रियाकलापको बलियो प्रमाण जुटाउनु पर्छ र मुद्दा जित्न सक्षम हुनुपर्छ ।”

छलफलको क्रममा मन्त्री यादवले मेलम्ची खानेपानीका लागि कार्यरत आपूर्तिकर्ता र कामदारहरूको बाँकी तलब, भत्तालगायतको भुक्तानी कसरी तिर्न सकिन्छ भन्ने विषयमा कानुनी परामर्शदाताहरूसँग पनि जानकारी लिएका थिए ।

हार्वड केनेडी लफर्मको कानुनी टोली ६ दिनको नेपाल भ्रमणमा छ र यस अवधिमा उनीहरूले खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, तथा कानुन मन्त्रालयका अधिकारीहरूसँग भेटघाट गरी सिएमसीविरुद्धको प्रमाण जुटाउने कामलाई अघि बढाउनेछन् ।

मन्त्री यादवका निजी सचिव भक्तराज जोसीका अनुसार भेटघाटमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, मेलम्ची विकास बोर्डका कार्यकारी निर्देशक रत्न लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

थप समाचार

ड्राइपाेर्टमा सवारी दुर्घटना: दुईजनाको मृत्यु, एक गम्भीर घाइते

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २२ स्थित ड्राईपोट सडकखण्डको सिताराम चौकमा सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भिर...

तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्ट सुरु, खेलले सामाजिक एकता बढाउँछ : सभापति मिश्र

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ४ तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्टकाे सुरु भएकाे छ । टुर्नामेन्टकाे एक कार्यक्रमकाे बिच राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)...

‘भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

वीरगंज । वीरगंजमा आयोजना हुने ‘भविष्य मेला’ मा सहभागी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि प्रोग्रेसिभ फाइनान्स लिमिटेडले निःशुल्क बैंक खाता खोल्ने सुविधा...