Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

प्रभाव र दबावमा नपरी कर्मचारीले जनताकाे सेवा गर्नुपर्छ : मन्त्री गुप्ता

spot_img
spot_img

वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले धेरै मानिसको भीडमा आफूलाई चिन्न सक्ने बनाउनुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ज्वाला खेल ललितपुरले आयोजना गरेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समुहमा नवनियुक्त तृतीय श्रेणीका अधिकृतको ३८ औ आधारभूत प्रशासन प्रशिक्षणको दीक्षान्त समारोहमा मन्त्री गुप्ताले हामी सबै सामु परिचित हुन भेटघाट हुने पर्छ भन्ने छैन कामले सबैमा चिन्ने बन्नु पर्ने वताए ।

दीक्षान्त समारोहमा १०५ जना शाखा अधिकृतलाई बधाई दिँदै उनले आफूलाई परीक्षण गर्न मोका पाएको त्यसको नतिजा पनि राम्रै हुने बताए । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई जनताको हितमा प्रयोग गर्न साथै इमान्दारिताका साथ सेवाग्राहीको कामलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । साथै उनले प्रशिक्षार्थीहरुलाई कसैको मोलाहिजा र प्रलोभनमा नपरी आफ्नो प्रतिभा, क्षमता र कार्यशैलीद्वारा छिटो र चुस्त सेवा प्रवाहमा ध्यान दिनु पर्ने वताए ।

राष्ट्रको बारेमा चिन्ता गर्दै निजामती सेवामा अनुचित कार्यहरू नगरी कुनै प्रभाव र दबावमा नपरी साधन स्रोतको उच्चतम प्रयोगद्वारा राष्ट्रसेवा गर्ने जिम्मेवारी सम्हाल्न तयार रहनु पर्ने मन्त्री गुप्ताले बताए ।

मन्त्री गुप्ताले सकारात्मक सोच र आचरणलाई अनुसरण गरी सार्वजनिक जीवनका हरेक जिम्मेवारी उत्साहित र उत्प्रेरित रूपमा निर्वाह गर्दै र सार्वजनिक हितलाई केन्द्र बिन्दुमा राखी नागरिक र राष्ट्रको अपेक्षा अनुरूप नागरिक सन्तुष्टि प्राप्तिको लागि कर्म, धर्म र मर्मले आफ्नो जीवन सार्वजनिक सेवामा समर्पित गर्नुहुने भन्नेमा पूर्णरुपमा बिश्वस्त हुँदै नवनियुक्त शाखा अधिकृतहरुको सफलता र उत्तरोत्तर प्रगतिको कामनासहित सबैलाई शुभकामना दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...