Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

मन्त्री गुप्ताद्वारा बहुदरमाईमा प्रदेशद्वारको उद्घाटन

spot_img
spot_img

वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको बहुदरमाई नगरपालिका ७ मा निर्माण भएको प्रवेशद्वारको उद्घाटन गरेका छन् । नगरपालिकाले निर्माण गरेको प्रवेशद्वारको शुक्रबार एक कार्यक्रमका बीच मन्त्री गुप्ताले उद्घाटन गरेका हुन् ।

मन्त्री गुप्ताले बहुदरमाई नगरपालिकामा निर्माण गरिएको यो प्रवेशद्वार बाहिरबाट आएका अगन्तुहरुलाई पहिचानको रूपमा रहेको टोलमा बसोबास गर्ने स्थानीयलाई सहजता मिल्ने विश्वास ब्यक्त गरे । उनले प्रवेशद्वारको निर्माणले स्थानीयलाई सामाजिक तथा धार्मिक कार्यक्रम गर्न सहजता मिल्ने वताए ।

समाजमा बसीसकेपछि सामाजिक उत्तरदायित्वलाई पुरा गर्ने जिम्मेबारी बोध गर्नुपर्ने आवश्यकता आजको भएको उनले वताए । मन्त्री गुप्ताले यो नगरपालिकामा भएका समस्याहरुसँग आफु चिरपरिचित रहेको र त्यस्ता समस्याको समाधान गर्न प्रतिबद्ध रहेको बताए । मन्त्री गुप्ताले परोपकारी धर्मले नै मानव जीवन सार्थक बन्ने उल्लेख गरे ।

प्रवेशद्वारको उचित प्रयोग गरी यसको संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकतालाई उनले औंल्याए । यो नगरपालिकासँगै जिल्लाको विकासमा सरकारबाट समेत आवश्यक सहयोग मिल्ने प्रतिबद्धता उनले जनाए ।

नगर प्रमुख सिंहासन साह तेलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा, सखुवा प्रसाैनी गाउँपालिकाकाे पूर्व अध्यक्ष प्रदीप जैसवाल, बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्ताफा, पाेखरिया नगरपालिकाकी उप मेयर रुबी ठाकुर लगायतले उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...