Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

लिटिल बडी प्रिस्कुलमा निःशूल्क दन्त शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजकाे पानीटंकीस्थित लिटिल बडी प्रिस्कुलमा शुक्रबार निःशूल्क दन्त शिविर सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस र स्माईल डेन्टल केयर एण्ड पोलि क्लिनिकको समन्वयमा शिविर सम्पन्न भएकाे हो । 

विद्यार्थीहरुलाई सानैदेखि दाँतको हेरचाह गर्न सिकाउनका लागि स्कुलले दन्त शिविरको आयोजना गरेको स्कुलका प्रिन्सीपल बिजय कुमार बलले बताए । उनकाअनुसार शिविरमा चेकजाँच गर्ने चिकित्सकको परामर्श र सुझावअनुसार बालबालिकाले दाँतको हेरचाह गर्ने बानीको बिकास गर्छन् ।

शिविरमा चेकजाँच गराएका विद्यार्थी, शिक्षक र अभिभावकले क्लिनिकमा चेकजाँच गराउँदा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनीकले २५ प्रतिशत छुट दिने पनि उनले जानकारी दिए । प्रिन्सीपल बलकै अध्यक्षतामा सम्पन्न शिविरमा दन्त चिकित्सक डा. आमिर आलम, डा. निकिता ठाकुर र डा. भावना कुमारी झाले चेकजाँच गरेका थिए ।

विद्यार्थीको चेकजाँच गर्दा अभिभावकलाई पनि सँगै राखेर दाँतको हेरचाह कसरी गर्ने भन्ने बारेमा पनि सिकाइएको डा. आमिर आलमले बताए ।  पूर्व प्राथमिक तहदेखि नै विद्यार्थीलाई व्यक्तिगत सरसफाईका बारेमा जानकारी गराउँदा यसले विद्यार्थीको मानसिक र शारिरीक स्वास्थ्यमा ठूलो सघाउ पुग्ने उनको विश्वास छ ।

अरु सबै कुराको चेकजाँच गराएपनि दाँचको परीक्षा नदुख्दा सम्म नगराउने प्रवृतिको अन्त्य गर्नुपर्नेमा डा. आलमले जोड दिए ।  सानो उमेरमा बालबालिकाले धेरै गुलियो खानेकुरा खाने भएकाले सानैदेखि दाँतको सुरक्षाका बारेमा सचेत हुनुपर्ने डा. निकिता ठाकुरले बताइन् ।

बच्चाको  दाँचको सुरक्षाका लागि अभिभावकले लापरवाही गर्न नहुने उनले सुझाव दिइन् । स्कुलमा अध्ययनरत विद्यार्थीसँगै शिक्षक, शिक्षिका, अभिभावक एवम् स्थानीय गरी करिब दुई सय जनाको चेकजाँच गरिएको थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...