Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वंगलादेशको म्यासेज

spot_img
spot_img

वंगलादेशबाट जन-निर्वाचित प्रधानमन्त्री शेख हसीना पलायन हुनु परेको घटना पीडादायी त हूंदै हो, डर लाग्दो पनी हो । खास गरेर विश्व का यस्ता अविकसित र कम विकसित राष्ट्रहरुको लागि जहॉ मुख्य रुपेण तानाशाहहरूले गर्दा प्रजातन्त्र स्थिर हुन सकेन । दक्षिण एसिया यसको ज्वलन्त उदाहरण छ । यो तानाशाही विभिन्न रुप धारण गरेर आऊछ ।

वंगलादेशमा अहिले भयेकै त्यै हो । त्यहाँको आन्दोलन कट्टर धार्मिक र साम्प्रदायिक त हो नै मुख्यतः त्यो प्रतिशोधात्मक आन्दोलन हो । वंगलादेश स्थापनाको टिस (घाउ) त्यहाको कट्टरपंथीहरुमा (जसको जमात ठूलो छ)अझै छ । होइन भने वंगलादेशका संस्थापक राष्ट्रपिता वंगवंधु शेख मुजिवुर्र रहमानको भेटेजत्ती सबै शालिकलाई जुन असम्मानित र घृणित ढंगले तोडफोड गरियेको छ, त्यो किमार्थ जनआन्दोलन हुन सक्तैन ।

स्मरण रहोस वंगलादेश स्थापनाको ठीक ५ वर्ष पछिनै १९७५ मा राष्ट्रपिता वंगवंधु शेख मुजीव प्रधानमन्त्री हुंदै सम्पूर्ण परिवार सहित वहॉंको हत्या गरियो—शेष हसीना बाहिर भयेकीले वाचिन । यसपालिको खेल पनि त हसीनाको सपरिवार हत्याकै थियो तर तिनी पुनः वाचिन । के अझै यो भनिरहनुपलोॅ कि कट्टरपंथीहरुको के उद्देश्य छ,—बदला सिफॅ बदला —वंगलादेशका संस्थापक वंगवंधुका परिवार सहित वंगलादेशको स्थपनामा साथदिने आवामीलीगका नेताहरसबैको निर्मूलीकरण । यहॉंसम्म कि वंगलादेश स्वतन्त्रता आन्दोलनका नायक वंगवंधुको किरदार निभायेको कलाकारलाई मरणासन्न हुनेगरि कुटपिटगरि उसको घरसमेत जलाइयो र फिल्मको निर्देशकलाई जिंउदो जलाइयो-के यसले आन्दोलनको चरित्रलाई प्रष्टाउंदैन र ?

अन्तरिम सरकार गठन भई सक्दापनि त्यहाँको अवस्थामा सुधार आउन सकेन । हिन्दुहरुको नरसंहार जारीनै छ । हिन्दु चेलीबेटीहरुको बलात्कार को साथै सरेआम बेईज्जती, पिटाइ पनि चालु छ । हिन्दूहरको जबरजस्ति धर्म परिवर्तनको साथै हिन्दू वस्तीहरूमा आगो लगाइन्छ । सानाठुला सबै मठमन्दिरको विध्वंस यथावत नै छ ।

तसर्थ वंगलादेशले दियेको म्यासेज प्रजातन्त्रप्रेमिहरुको लागि खतरनाक हो । यो नागरिक अधिकार विरुद्धको म्यासेज हो । साम्प्रदायिक सदभावलाई विथोलेर यो भु भागमा अस्थिरता मच्चाउने खाले म्यासेज हो । यसर्थ विश्व समुदायले यसको ठोस परिणाममुलक पहल गर्नुपर्छ । नेपाल सरकारले वंगलादेशमा हिन्दुहरुमाथि भइरहेको यस्तो जघन्य अपराधको विरोध जनाउनु पर्दछ ।

रामचन्द्र तिवारी
पुर्व सांसद एंव पुर्व केन्द्रिय सदस्य नेपाली काङ्ग्रेस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता कुहडीका दुई परिवारसँग मेयर सिंहको भेट

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मीस्थित कुहडी गाउँका दुई परिवारलाई नगर प्रमुख राजेशमान सिंहले शनिबार भेटेर अवस्थाबारे...

जिराभवानीमा प्रथम भेट्रान कप हुँदै, विजेतालाई ५० हजार पुरस्कार

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवास्थित मिनी रंगशालामा प्रथम जिराभवानी भेट्रान कप–२०८३ आयोजना हुने भएको छ । जिराभवानी भेट्रान क्लबको आयोजना तथा प्रगति युवा...

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...