Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वंगलादेशको म्यासेज

spot_img
spot_img

वंगलादेशबाट जन-निर्वाचित प्रधानमन्त्री शेख हसीना पलायन हुनु परेको घटना पीडादायी त हूंदै हो, डर लाग्दो पनी हो । खास गरेर विश्व का यस्ता अविकसित र कम विकसित राष्ट्रहरुको लागि जहॉ मुख्य रुपेण तानाशाहहरूले गर्दा प्रजातन्त्र स्थिर हुन सकेन । दक्षिण एसिया यसको ज्वलन्त उदाहरण छ । यो तानाशाही विभिन्न रुप धारण गरेर आऊछ ।

वंगलादेशमा अहिले भयेकै त्यै हो । त्यहाँको आन्दोलन कट्टर धार्मिक र साम्प्रदायिक त हो नै मुख्यतः त्यो प्रतिशोधात्मक आन्दोलन हो । वंगलादेश स्थापनाको टिस (घाउ) त्यहाको कट्टरपंथीहरुमा (जसको जमात ठूलो छ)अझै छ । होइन भने वंगलादेशका संस्थापक राष्ट्रपिता वंगवंधु शेख मुजिवुर्र रहमानको भेटेजत्ती सबै शालिकलाई जुन असम्मानित र घृणित ढंगले तोडफोड गरियेको छ, त्यो किमार्थ जनआन्दोलन हुन सक्तैन ।

स्मरण रहोस वंगलादेश स्थापनाको ठीक ५ वर्ष पछिनै १९७५ मा राष्ट्रपिता वंगवंधु शेख मुजीव प्रधानमन्त्री हुंदै सम्पूर्ण परिवार सहित वहॉंको हत्या गरियो—शेष हसीना बाहिर भयेकीले वाचिन । यसपालिको खेल पनि त हसीनाको सपरिवार हत्याकै थियो तर तिनी पुनः वाचिन । के अझै यो भनिरहनुपलोॅ कि कट्टरपंथीहरुको के उद्देश्य छ,—बदला सिफॅ बदला —वंगलादेशका संस्थापक वंगवंधुका परिवार सहित वंगलादेशको स्थपनामा साथदिने आवामीलीगका नेताहरसबैको निर्मूलीकरण । यहॉंसम्म कि वंगलादेश स्वतन्त्रता आन्दोलनका नायक वंगवंधुको किरदार निभायेको कलाकारलाई मरणासन्न हुनेगरि कुटपिटगरि उसको घरसमेत जलाइयो र फिल्मको निर्देशकलाई जिंउदो जलाइयो-के यसले आन्दोलनको चरित्रलाई प्रष्टाउंदैन र ?

अन्तरिम सरकार गठन भई सक्दापनि त्यहाँको अवस्थामा सुधार आउन सकेन । हिन्दुहरुको नरसंहार जारीनै छ । हिन्दु चेलीबेटीहरुको बलात्कार को साथै सरेआम बेईज्जती, पिटाइ पनि चालु छ । हिन्दूहरको जबरजस्ति धर्म परिवर्तनको साथै हिन्दू वस्तीहरूमा आगो लगाइन्छ । सानाठुला सबै मठमन्दिरको विध्वंस यथावत नै छ ।

तसर्थ वंगलादेशले दियेको म्यासेज प्रजातन्त्रप्रेमिहरुको लागि खतरनाक हो । यो नागरिक अधिकार विरुद्धको म्यासेज हो । साम्प्रदायिक सदभावलाई विथोलेर यो भु भागमा अस्थिरता मच्चाउने खाले म्यासेज हो । यसर्थ विश्व समुदायले यसको ठोस परिणाममुलक पहल गर्नुपर्छ । नेपाल सरकारले वंगलादेशमा हिन्दुहरुमाथि भइरहेको यस्तो जघन्य अपराधको विरोध जनाउनु पर्दछ ।

रामचन्द्र तिवारी
पुर्व सांसद एंव पुर्व केन्द्रिय सदस्य नेपाली काङ्ग्रेस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...