Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

नारायणी रङ्गशालाको लागि बजेट व्यवस्थापन गर्न माग

spot_img
spot_img

वीरगंज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले मंगलबार युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीसँग भेट गर्दै गृह नगर वीरगंजस्थित नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

मङ्गलवार पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा रहेको टोलीसहित युवा तथा खेलकुद मन्त्रालय पुग्नुभएका मन्त्री यादवले वीरगंजकाे गौरवशाली इतिहास र पहिचानसँग जोडिएको नारायणी रङ्गशालाको महत्त्वलाई औँल्याउँदै यसको शीघ्र जीर्णोद्धार र पुनर्निर्माणको आवश्यकता रहेको बताए ।

छलफलका क्रममा मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि रङ्गशालाका लागि बजेट व्यवस्थापनको विषयमा छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले रङ्गशालाको पुनर्निर्माणले स्थानीय खेलकुद गतिविधिको प्रवर्द्धन गर्नुका साथै क्षेत्रीय खेलकुद पर्यटनको विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

मन्त्री यादवले नारायणी रङ्गशालाको जीर्णोद्धारका लागि जग्गा विवाद समाधान गर्न आवश्यक मुआब्जा वितरण प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका हुन् । यसका लागि उनले अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रस्ताव राखेका थिए ।

जवाफमा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले वीरगंजकाे इतिहाससँग जोडिएको नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि आफूले हरेक सम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, जग्गा विवाद समाधान गर्न मुआब्जा वितरण प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयसँग समन्वय गर्ने जानकारी पनि दिए ।

पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले मन्त्री यादवको प्रयासले रङ्गशालाको पुनर्निर्माणमा सकारात्मक प्रतिफल दिनेमा विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...