Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कोल्बी महानगरपालिका वडा नम्बर ७ निवासी २१ वर्षीय कनिल पौडेल र २० वर्षीया प्रेरणा पौडेल रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट ईनर्वा गाउँबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६, ईनर्वागाउँस्थित सडकखण्डबाट दुबै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

भारतको रक्सौलबाट नेपालतर्फ पैदल यात्रा गरिरहेको अवस्थामा शंका लागेपछि प्रहरीले उनीहरूलाई रोकेर चेकजाँच गर्दा कालो जेब्राझोलाभित्र लुकाएर राखिएको २९४ पिस नाइट्राभेट १० लेखिएको प्रतिबन्धित लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

प्रवक्ता भारतीका अनुसार पक्राउ परेकाहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...