Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रोट्याक्ट क्लबकाे पदस्थापन समारोह सम्पन्न, मेट्राेपाेलिसमा दिपु र युनाईटेडमा साैरभकाे नेतृत्व

spot_img
spot_img

वीरगंज । रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसकाे आठौं र रोट्याक्ट क्लब अफ युनाईटेड वीरगंजको छैठौं पदस्थापन समारोह तथा धन्यवाद ज्ञापन कार्यक्रम शनिबार वीरगंजमा संयुक्त रूपमा सम्पन्न भएको छ ।

वीरगंजकाे अलखियामठस्थित होटल वृन्दावनमा भएको कार्यक्रममा वर्ष २०२४/२५ मेट्रोपोलिसका अध्यक्ष दिपु वर्णवाल र युनाइटेडका अध्यक्ष सौरभ वर्णवाल तथा क्लबका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पदस्थापन गरिएको थियो ।

रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसकी निर्वतमान अध्यक्ष रेशु अग्रवालले दुवै क्लबका अध्यक्षकाे सपथ ग्रहण गराएकी थिइन भने क्लबका अध्यक्षले क्लबका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस क्लबका अध्यक्ष मनोनीत रोहित गुप्ता, उपाध्यक्षमा रामबिनय यादव, सचिवमा आनन्द साह, सह–सचिवमा अञ्जली गर्ग, कोषाध्यक्षमा राधिका दारुका, सदस्यमा मुकेश साह, अमित गुप्ता, अभिषेक गुप्ता, आयुश गुप्ता, धिरज साह, सन्जना सर्राफ लगायतकाले सपथ ग्रहण गरेका थिए ।

यस्तै रोट्याक्ट क्लब अफ युनाइटेड वीरगंजकी उपाध्यक्षमा रोशनी भट्टराई, सचीवमा संगम पण्डित, स–सचीवमा खुशी रौनियार, कोषाध्यक्षमा दिलसाद अन्सारी लगायतकाले सपथ ग्रहण गरेका थिए ।

यसैगरी रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसमा क्लबको सर्भिस डाइरेक्टरमा बिना प्रजापती, कम्युनिटी सर्भिस डाइरेक्टरमा नकुल गुप्ता, प्रोफेसनल सर्भिस डाइरेक्टरमा सालिनी रौनियार, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा सेख अजुरुदिन, सर्जेन्ट एट आमर्स अप्रुभ सर्राफ रहेका छन् ।

कार्यक्रममा बोल्दै दुवै क्लबका अध्यक्षहरुले वर्ष २०२४/२५ मा रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक कार्यलाई अगाडी बढाउने विश्वास व्यक्त गरे ।

क्लबकी निर्वतमान अध्यक्ष अग्रवालकाे अध्यक्षता र वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालकाे आतिथ्यतामा भएकाे कार्यक्रममा उद्याेग वाणिज्य महासंघ मधेश प्रदेशका निर्वतमान अध्यक्ष गणेश लाठ, प्राध्यापक डा. शुस्मा तिवारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक भास्कर खतिवाडा, जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवम् समाजिक अभियान्ता ओमप्रकाश सर्राफ, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, राेटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष अनिल जैसवाल, राेटरी क्लब अफ वीरगंजका अध्यक्ष निर्मल खत्री, राजन श्रीवास्तव, देवेश गुप्ता, एडीरर चन्द्र अधिकारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष अग्रवालले रोट्याक्ट क्लबले विभिन्न किसिमकाे समाजिक कार्य गर्दै आएकाे वताउँदै अगामी दिनमा अझै राम्राे गर्नेमा विश्वास व्यक्त गरे । उनले बर्णवाल नेतृत्वकाे कार्य समितिले गर्ने समाजिक कार्यक्रममा आफ्नाे तर्फबाट हुने सहयाेग गर्ने प्रतिबद्धता समेत जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...