Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

पर्सा प्रहरीद्वारा करिब ५ करोड बराबरको इलेक्ट्रोनिक चुरोट पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले बीरगंजबाट चार कारेड मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको छ । बीरगंज महानगरको रेल्वेरोडमा रहेको डाँफे ट्रान्सपोर्टमा छापामारी गरी प्रहरीले भेप नियन्त्रणमा लिएको हो ।

महानगरपालिका वडा नं.६ रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पकी घरमा घरकोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृतरूपमा भण्डारण गरी राखेको भेप प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलले बताए ।

उपरिक्षक ढुंगेलका अनुसार भंसारबाट ४ वटा भेप फेला परेपछि प्रहरी खोजवीनमा लागेको थियो । खोजवीनका क्रममा डाफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरि राखिएको अवस्थामा भेप बरामद भएको उनले बताए ।

पर्सा प्रहरीले पहिलोपटक बीरगंजबाट ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार एउटा कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ । त्यसअनुसार ७६ कार्टुनमा करिब १५ हजार २ सय पीस रहेको छ । बरामद भेपको बजार मूल्य करिब ५ करोड हाराहारीमा रहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...