Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

ई–हाजिरी यथाशीघ्र लागु गर्न मातहतका निकायलाई खानेपानी मन्त्री यादवको निर्देशन

spot_img
spot_img

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय अन्तर्गतका सबै निकाय र कार्यालयहरूलाई यथाशीघ्र ई–हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा केही समयअघि ई–हाजिरीको प्रारम्भ गरिएको भए तापनि यसको प्रयोगमा कमी आएको गुनासो बढ्दै गएपछि मन्त्री यादवले यो निर्देशन जारी गरेका हुन् ।

मन्त्री यादवले कर्मचारीहरूको उपस्थितिको नियमितता, पारदर्शिता, र सुशासन सुनिश्चित गर्न ई–हाजिरी प्रणालीलाई समयमै कार्यान्वयनमा ल्याउन र यसबाट कर्मचारीहरूको उपस्थिति, बिदा, र काज सम्बन्धी रेकर्ड व्यवस्थित गर्न सबै कार्यालयहरूलाई कडा निर्देशन दिएका छन् । उनले कुनै पनि निकाय वा कार्यालयले ई–हाजिरी लागू नगरेको पाइएमा यथाशीघ्र यो प्रणाली लागू गर्नुपर्ने कुरा स्पष्ट पारे ।

यादवले रानीपोखरीस्थित खानेपानी तथा ढल व्यवस्थापन विभाग, मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय अनामनगर, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड भैँसेपाटी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वर, नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर, र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग त्रिपुरेश्वरलाई विशेष रूपमा ई–हाजिरी लागू गर्न निर्देशन दिएका हुन् ।

मन्त्री यादवका निजी सचिव भक्तराज जोशीका अनुसार, मन्त्रीले ई–हाजिरी लागू गरेर कर्मचारीहरूको बिदा, काज लगायतका रेकर्डहरूको जानकारी मन्त्रालयमा नियमित रूपमा अद्यावधिक गराउने व्यवस्था गर्न निर्देशन दिइएकाे छ ।

उनले भने, “ई–हाजिरी प्रणालीबाट बिदा, काज लगायतका विषयहरूलाई व्यवस्थित गरेर समय पालना र पारदर्शिता बढाउन सबै कार्यालयहरूले यसलाई अनिवार्य रूपमा लागू गर्नु पर्दछ ।” निर्देशपछि मन्त्रालय अन्तर्गतका सबै निकायहरूमा ई–हाजिरीको प्रयोग अनिवार्य र नियमित हुने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...