Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेपाल औषधि व्यवसायी संघ पर्साकाे नयाँ नेतृत्व चयनकाे विषयमा विवाद

spot_img
spot_img

शम्भु कुमार सुमन/
वीरगंज ।
नेपाल औषधि व्यवसायी संघ पर्साकाे नयाँ नेतृत्वकाे चयनकाे विषयमा विवाद भएकाे छ । एक महिना पहिला भएकाे अधिवेशनमा सहमति जुटन नसकेपनि अहिले आएर एकलाैटी रुपमा समिति घाेषणा गर्न लागिएकाे भन्दै संघकाे एक समुहले विराेध गरेकाे छ ।

गत असार ८ गते संघकाे दाेस्राे जिल्ला अधिवेशन वीरगंजस्थित नगर सभा गृहमा भएकाे थियाे । साेही अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएपनि सहमती जुटन नसकेपछि स्थगित भएकाे थियाे । नयाँ नेतृत्वकाे लागि दुईटा प्यानल नै बनाएर उम्मेदवारी दर्ता भएपनि निर्वाचन हुन सकेकाे थिएन । तर अहिले आएर एउटा प्यानललाई निर्वाचित भएकाे प्रमाण पत्र वितरण गर्न थालिएपछि आफुहरु विराेधमा उत्रेकाे सह काेषाध्यक्षका उम्मेदवार समेत रहेका पन्नालाल प्रसाद कुर्मीले वताए ।

उनका अनुसार संघ पर्सा जिल्ला अध्यक्षका लागि मानव राज पाल, ताजुदिन अन्सारी, अजय कुमार यादवले उम्मेदवारी दर्ता गराएका थिए । त्यस मध्ये मानव राज पालकाे विराेधमा धाबी विराेधकाे उजरी परेपछि उनकाे उम्मेदवारी निर्वाचन समितिले खारेज गरेकाे थियाे भने दुई जनाकाे उम्मेदवारी कायम रहेकाे थियाे ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षकाे लागि पंकज कुमार साह वानिया, प्रमाेद कुमार सर्राफ, आयात/थाेक उपाध्यक्षकाे लागि राहुल खण्डेलवाल, त्रिभुवन कुमार गुप्ता, खुद्रा उपाध्यक्षकाे लागि श्रीराम पाण्डे, रामेश्वर प्रसाद, रामप्रबेश राय यादव, महासचिवकाे लागि महमद हफिज्जुल्लाह, रामविनाेद प्रसाद, काेषाध्यक्षकाे लागि रामबाबु साह, प्रमाेद कुमार चाैधरी, सचिवकाे लागि मनिष कुमार क्याल, रामबाबु प्रसाद कुर्मी, उप काेषाध्यक्षकाे लागि पन्नाला प्रसाद कुर्मी र प्रभु प्रसाद साेनारकाे उम्मेदवारी दर्ता भएकाे थियाे ।

यसैगरी एक जना थाेक सदस्यकाे लागि ३ जना, एक खुद्रा सदस्यकाे लागि दुई जना, ३ खुल्ला सदस्यकाे लागि ६ जनाले उम्मेदवारी दिएका थिए । तर अहिले आएर निर्वतमान अध्यक्ष समेत रहेका ताजुदिन अंसारी प्यानलाई निर्वाचित भएकाे प्रमाण पत्र वितरण गर्न लागिएपछि आफुहरु विराेध गरेकाे निर्वतमान सचिव पंकज कुमार साहले वताए । 

उनले भने “निर्वाचन पक्रिया नै रद्द भइसकेपनि एक महिनापछि आएर विधान विपरित निर्वाचित भएकाे प्रमाण पत्र वितरण गर्न लागिएकाे छ । जुन सरासर गलत र धाधली हाे ।” उनले उम्मेदवारी समेत नदिएकाे व्यक्तिहरुलाई संघकाे सदस्य निर्वाचित भएकाे प्रमाण पत्र वितरण गर्न लागिएकाे वताए ।

प्रमाण पत्र वितरण गर्न लागिएकाे कार्यक्रम स्थल हाेटल वृदावन पुगेकाे साे समुहले नयाँ नेतृत्व चयनकाे लागि निर्वाचन हुनु पर्ने माग समेत गरेकाे छ । 

यस विषयमा बुझ्न निर्वतमान अध्यक्ष ताजुदिनकाे माेबाइलमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रज्वल अधिकारीले असार ८ गतेकाे निर्वाचन पक्रिया रद्द भएपनि पुन: प्रदेश समितिकाे निर्देशन अनुसार साउन १९ गते निर्विराेध समिति चयन भएकाे वताए । तर विराेध गरेकाे समुहले असार ८ गते पछिकाे निर्वाचन बारे आफुहरुलाई केही थाहा नभएकाे दाबी गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...