Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

सादा पोसाकको प्रहरी हूँ भनि रकम असुली गर्ने पक्राउ

spot_img
spot_img

वीरगंज । राैतहट प्रहरीले नक्कली प्रहरी एक जनालाई पक्राउ गरेकाे छ । सादा पोसाकको प्रहरी हुँ भन्दै सर्वसाधरणहरुसँग रकम असुल गर्ने रौतहटकाे माधवनारायण नगरपालिका वडा नं.०१ निवासी २४ बर्षिय रमेश साहलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

नेपाल प्रहरीको सादा पोसाकको प्रहरी हुँ भन्दै सर्वसाधरणहरुसँग रकम असुल गर्न खोज्नुका साथै बिभिन्न व्यक्तिहरुको जिउ खानतलासी समेत गर्दै गरेको छ भन्ने बिशेष सुचनाको आधारममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

रौतहटकाे चन्द्रपुर नगरपालिका वडा नं.०९ डुमरिया चौकबाट मंगलबार राति ११ बजेकाे समयमा साहलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटकी प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीले वताइन । निजकाे शरीर तथा झोला चेकजांच गर्दा उक्त झोला भित्र सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोशाक समेत बरामद भएकोले प्रवक्ता गिरीले जानकारी दिइन ।

 साहलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अभद्र व्यवहार मुद्दा शिर्षकमा जिल्ला प्रशासन कार्यालय रौतहट गौरबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको गिरीले जानकारी गराइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...