Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सखुवा प्रसाैनीबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ सोलखपुरबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी चौकी महुवन पर्साबाट खटिएको चेकिङ टोलीले मंगलबार दिउसाे १ बजेकाे समयमा पर्सागढी नगरपालिका वडा नं. ७ निवासी ३३ बर्षिय बालेश्वर प्रसाद यादव र  साेही ठाउँ निवासी ५५ बर्षिय देबेन्द्र यादवलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा महुवन पटेर्वा सुगौली सडक खण्डमा पटेर्वा सुगौलीबाट महुवन तर्फ आउदै गरेको ना ३८ प १८२५ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई पांच केजी लागु औषध गाँजा सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका मोटरसाइकल चालक बालेश्वरले आफ्नै शरिरमा लुकाई छिपाई राखेको लागु औषध गाँजा २.५ के.जी. र पछाडि सवा देबेन्द्रले आफ्नो शरिरमा लुकाई छिपाई राखेकाे लागु औषध गाँजा २.५ के.जी. गरी जम्मा लागु औषध गाँजा ५ के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए ।

उक्त परिमाणको गाँजा र निजहरूले चलाइ ल्याएको मोटरसाईकल सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याई निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता भारतीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...