Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सखुवा प्रसाैनीबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ सोलखपुरबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी चौकी महुवन पर्साबाट खटिएको चेकिङ टोलीले मंगलबार दिउसाे १ बजेकाे समयमा पर्सागढी नगरपालिका वडा नं. ७ निवासी ३३ बर्षिय बालेश्वर प्रसाद यादव र  साेही ठाउँ निवासी ५५ बर्षिय देबेन्द्र यादवलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा महुवन पटेर्वा सुगौली सडक खण्डमा पटेर्वा सुगौलीबाट महुवन तर्फ आउदै गरेको ना ३८ प १८२५ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई पांच केजी लागु औषध गाँजा सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका मोटरसाइकल चालक बालेश्वरले आफ्नै शरिरमा लुकाई छिपाई राखेको लागु औषध गाँजा २.५ के.जी. र पछाडि सवा देबेन्द्रले आफ्नो शरिरमा लुकाई छिपाई राखेकाे लागु औषध गाँजा २.५ के.जी. गरी जम्मा लागु औषध गाँजा ५ के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए ।

उक्त परिमाणको गाँजा र निजहरूले चलाइ ल्याएको मोटरसाईकल सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याई निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता भारतीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...