Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कामकाजमा हेलचेक्र्याइँ नगर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

spot_img
spot_img

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आजको काम आजै गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

मधेशमा कामकाजमा हेलचेक्र्याइँ भइरहेको जनगुनासो बढ्दै जादा मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नको लागि निर्देशन दिएका हुन् ।

मधेश प्रदेश सरकारको पेफा मुल्यांकन सम्बन्धी प्रारम्भिक कार्यशाला २०८१ लाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए ।

मधेशको आउटपुट काठमाण्डौले हेरिरहेको छ भन्दै मुख्यमन्त्री सिंहले भने, ‘सरकारले नीति ल्याउने हो । काम भने कर्मचारीले नै गर्ने हो ।’

अर्थ मन्त्रालयले आज मुजेलियामा आयोजना गरेको कार्यशालामा उनले सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेकाले यसतर्फ दत्तचित भइ अघि बढ्नको लागि सचिवहरूलाई समेत निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले भने, ‘मधेश प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेबसाइट अपडेट छैन् । कर्मचारीहरूको सम्पर्क नम्बर लुकाइएको छ । मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...