Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

२०८३ भित्र द्रुतमार्ग निर्माणको काम सक्छौं : प्रधानसेनापति शर्मा

spot_img
spot_img

वीरगंज । प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिएका छन् । साथै उनले आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा समेत गरेका छन् । आज बिहान धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भने, ‘यो आयोजनाको प्रगति ३६ प्रतिशत सकियो, हामी तोकिएको अवधिमै आयोजना सक्छौं ।’

मुख्य चुनौती सुरुङ निर्माण भएको र त्यो काममा सफल भइसकेकाले अब बाँकी काम पनि निर्धारित समयमै सकिने उनले बताए । सुरुङ निर्माणमा सफल भएको र त्यो ज्ञान नेपाली इन्जिनियरहरुलाई पनि बाँड्ने उनले बताए । ‘हामी आफैं यस्ता संरचना बनाउन सक्छौ भन्ने यो सन्देश पनि हो,’ उनले भने ।

ललितपुरको बुङ्मती र खोकनामा जग्गा अधिग्रहणको काम राजनीतिले बिगारेको भन्दै उनले त्यसलाई राजनीतिले नै सपार्नुपर्ने बताए । यो क्षेत्रबाहेक अन्यमा जग्गा व्यवस्थापनको काम सकिइसकेको उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...