Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजकाे घण्टाघरमा तिर्थ यात्रुलाई प्रहरीले कुटेपछि..

spot_img
spot_img

वीरगंज । वीरगंजकाे घण्टाघरमा साेमबार सांझ एक थिर्थ यात्रुलाई प्रहरीले कुटपिट गरेकाे छ । बैकुण्ठधाम तिर्थ यात्राबाट वीरगंज भएर घर फर्कीरहेका हेटाैडा उपमहानगरपालिका वडा नं. १८ निवासी २४ बर्षिया आशिष बराललाई एक प्रहरी जवालले कुटपिट गरेका हुन् । 

घण्टाघरमा माेबाइलबाट भिडियाे बनाउने यात्रुलाई घण्टाघरस्थित डियुटीमा खटेकाे प्रहरीले बिनाकारण कुटपिट गरेको प्रत्यक्षदर्शीले वताएका छन् । 

सोमवार साँझ तिर्थयात्राबाट फर्किदै गरेको बा.प्र. ०३ ००१ ख १८०४ नम्बरकाे बससँग घण्टाघर चोकमै स्कुटी ठोक्किएको थियो । स्कुटीका चालकले आफुलाई पनि केही नभएको र स्कुटी पनि केही नभएको बताउँदै गएपछि बसका चालकसँग र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधखोज गरेको थियो । 

सोही क्रममा बसबाट झरेका मकवानपुरकै आशिषले घण्टाघरको तस्बिर तथा भिडियो बनाउन लागेको थियाे । आशिषले भिडियो बनाउँदै गर्दा एक प्रहरीले फोटो भिडियो किन खिचेको भन्दै खाँटी समातेर कुटेकाे  तिर्थ यात्रु रबि चाैलागाईले वताए । 

पछि बसमा सवार सबै तित्र यात्रुले घण्टाघरस्थित प्रहरी विटलाई घेरा हालेर विराेध गरेका थिए  । तिर्थ यात्रुकाे विराेधपछि जिल्लाबाट पुगेकाे थप प्रहरीले आशिषलाई उपचारकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा लगेकाे थियाे । प्रहरीकाे कुटपिटबाट घाइते आशिषकाे उपचारपछि राति अबेर तिर्थ यात्रुहरु फर्किएका थिए । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कुटपिट गर्ने प्रहरीलाई जिल्लामा तानिएको वताएका छन् । उनकाअनुसार कुटपिट गर्ने प्रहरीसंग विभागिय कारवाही स्वरुप स्पष्टीकरण सोध्ने लगायतका कारवाही गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...