Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

जबरजस्ती करणी मुद्दामा ९ बर्ष कैद भएका अन्सारी पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले जबरजस्ती करणी मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद भएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।

अस्थाई प्रहरी पोष्‍ट बसपार्क कलैया, बाराबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी बाराकाे कलैया उप-महानगरपालिका वडा नं.६ मदर्शाटोल निवासी २७ बर्षिया ईम्तियाज अंसारीलाई पक्राउ गरेकाे हाे ।

प्रहरी कारवाहीको सिलसिलामा खटिएकाे प्रहरी टाेलीले शनिबार राति ९:३० बजेको समयमा लुकिछिपि बसेको अवस्थामा अंसारीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकाेटाले जानकारी दिए ।

जिल्ला अदालत बाराबाट जबरजस्ती मुद्दामा बरदात पश्चात फरार रहेको उनलाई खोज तलास गरी जिल्ला अदालत बारा, कलैयामा दाखिला गरिएको प्रवक्ता सापकाेटाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...