Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा लागू औषध गाँजा सहित एक महिला पक्राउ

spot_img
spot_img

कलैया । बारा प्रहरीले ८ किलो लागू औषध गाँजा सहित १ जना महिला प्रकाउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दीयाकाे मधुवन नगरपालिका नं. ७ निवासी २५ बर्षिय प्रियंका श्रेष्ठ रहेकी छन् ।

प्रहरी चौकी पथलैया बाराबाट प्र.ब.ना.नि. नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलिले आइतबार बिहान ०६:२० बजेको समयमा बाराकाे जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ आधाभार जंगलबाट श्रेष्ठलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पिठयूमा कालो झोला बोकी सडक छेउमा उभि रहेकी श्रेष्ठलाई शंकास्पद लागी कानूनी प्रकृया पुरा गरी निजले बोकेको झोला चेक जाँच गर्दा लुकाई झिपाई रखेको लागू औषध गाँजा ८ किलो ५०० ग्राम फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकाेटाले जानकारी दिए ।

 त्यसपछि लागू औषध गाँजा सहित उनलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता सापकाेटाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...