Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

आम नागरिकले सहज रूपमा शुद्ध खानेपानी पाउन गरी काम गर्न खानेपानी मन्त्री यादवको निर्देशन

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकले घर–घरमा सहज रूपमा शुद्ध खानेपानी पाउन सक्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

- Advertisement -

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा मंगलबार आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । सोही कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनु पर्ने बताए ।

उनले भने, “म जनताको प्रतिनिधि हो, जनताको सपना बोकेर आएको छु, जनताले शुद्ध खानेपानी खाने सपना पुरा गर्न सबै मिलेर पुरा गर्नु पर्छ ।” यसै गरी उनले खाने पानीका क्षेत्रमा आवश्यक पर्ने बजेटका लागि आफूले पहल गर्ने बताए ।

मन्त्री यादवले जलवायु परिवर्तन नेपालको खानेपानी क्षेत्रको लागि ठूलो चुनौती बन्दै गएको बताए । उनले भने, “जल वायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, बिचमा पानी परेको थियो पानी आउँथ्यो अहिले पानी आउन बन्द छ, जलवायु परिवर्तनसँग लडेर जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो,” उनले भने, “खाने पानीका लागि आवश्यक पर्ने बजेटको जोहो म गर्छु, जनताले शुद्ध पानी खान पाउनका लागि काम गरौँ ।”

यसै गरी मन्त्री यादवले गरिब निमुखा तथा दिनभरि मजदुरी गरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खाने पानी वितरण गर्न सकिन्छ त्यो विषयमा ध्यान दिएर सबैले लाग्न समेत मातहतका कर्मचारीलाई निर्देशन दिए । पहाड, तराई र हिमालमा पनि खानेपानीको समस्या रहेकाले हामी सबै मिलेर खाने पानीका समस्या समाधानका लागि एकजुट हुनु पर्ने समेत उनले निर्देशन दिए ।

ताजा अपडेट

थप समाचार

ड्राइपाेर्टमा सवारी दुर्घटना: दुईजनाको मृत्यु, एक गम्भीर घाइते

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २२ स्थित ड्राईपोट सडकखण्डको सिताराम चौकमा सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भिर...

तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्ट सुरु, खेलले सामाजिक एकता बढाउँछ : सभापति मिश्र

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ४ तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्टकाे सुरु भएकाे छ । टुर्नामेन्टकाे एक कार्यक्रमकाे बिच राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)...

‘भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

वीरगंज । वीरगंजमा आयोजना हुने ‘भविष्य मेला’ मा सहभागी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि प्रोग्रेसिभ फाइनान्स लिमिटेडले निःशुल्क बैंक खाता खोल्ने सुविधा...