Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

आम नागरिकले सहज रूपमा शुद्ध खानेपानी पाउन गरी काम गर्न खानेपानी मन्त्री यादवको निर्देशन

spot_img
spot_img

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकले घर–घरमा सहज रूपमा शुद्ध खानेपानी पाउन सक्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा मंगलबार आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । सोही कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनु पर्ने बताए ।

उनले भने, “म जनताको प्रतिनिधि हो, जनताको सपना बोकेर आएको छु, जनताले शुद्ध खानेपानी खाने सपना पुरा गर्न सबै मिलेर पुरा गर्नु पर्छ ।” यसै गरी उनले खाने पानीका क्षेत्रमा आवश्यक पर्ने बजेटका लागि आफूले पहल गर्ने बताए ।

मन्त्री यादवले जलवायु परिवर्तन नेपालको खानेपानी क्षेत्रको लागि ठूलो चुनौती बन्दै गएको बताए । उनले भने, “जल वायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, बिचमा पानी परेको थियो पानी आउँथ्यो अहिले पानी आउन बन्द छ, जलवायु परिवर्तनसँग लडेर जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो,” उनले भने, “खाने पानीका लागि आवश्यक पर्ने बजेटको जोहो म गर्छु, जनताले शुद्ध पानी खान पाउनका लागि काम गरौँ ।”

यसै गरी मन्त्री यादवले गरिब निमुखा तथा दिनभरि मजदुरी गरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खाने पानी वितरण गर्न सकिन्छ त्यो विषयमा ध्यान दिएर सबैले लाग्न समेत मातहतका कर्मचारीलाई निर्देशन दिए । पहाड, तराई र हिमालमा पनि खानेपानीको समस्या रहेकाले हामी सबै मिलेर खाने पानीका समस्या समाधानका लागि एकजुट हुनु पर्ने समेत उनले निर्देशन दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...